ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अँधेरी खोलामा पुल निर्माण अलपत्र

२०७७ असार, २२  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । लकडाउनको समयमा पनि विकास निर्माणका कामले तीव्रता पाइरहँदा धरान उपमहानगरपालिका–१५ स्थित खोरिया बस्तीपूर्व सेउती खोलामा निर्माणाधीन पुल भने अलपत्र बनेको छ । लकडाउनको बहाना बनाई ठेकेदार कम्पनी सम्पर्कविहीन बनेपछि पुल निर्माणको काम अलपत्र बनेको हो ।

तीन वर्षअघि निर्माण शुरू भएको पुलको हाल पिलर मात्र ठडिएका छन् । स्थानीयवासीहरू वर्षामा जोखिम मोलेर अँधेरी खोला तर्ने गर्दछन् । वैकल्पिक बाटो (तल्लो पानबारी) को यात्रा उनीहरूका लागि निकै लामो छ ।

पुल निर्माण समन्वय समितिका संयोजक पदम कार्कीका अनुसार इनरुवाका हजमुल मियाँले ठेक्का पाएर २०७४ सालदेखि निर्माण शुरू भएको थियो । पहिलो सम्झौता अनुसार दुई वर्षभित्र अर्थात २०७६ असार २५ गतेभित्र निर्माण सम्पन्न गर्नु पर्ने समयसीमा थियो । तर, ३ वर्ष वितिसक्दा पनि निर्माण सकिएको छैन । पछिल्लो समय २०७७ असार २५ गतेसम्मका लागि म्याद थप भए पनि कुनै काम भएको छैन ।

पुल निर्माण नहुँदा यातायातको साधन वारपार गर्न तथा मानिसहरूलाई आवतजावतमा अत्यन्तै कठिन भइरहेको छ । ‘विद्यार्थीहरू स्कुल र बजार जान दैनिक समस्या भइरहेको छ’, कार्कीले भने, ‘सुनसरी–मोरङ पुल आयोजना, इटहरीमा गयौं, तर सुनुवाई नै भएको छैन । काम भएको छ÷छैन भनेर अनुगमन गर्ने र ठेकेदारलाई कारबाही गर्नुपर्ने हो, त्यो पनि भएन ।’

पुल निर्माणका लागि संघीय सरकारको भौतिक योजना तथा निर्माण मन्त्रालयले बजेट विनियोजन गरेको छ । रू.  ७ करोड ५० लाखमा ठेक्का लागेको उक्त पुलको लम्बाई १२५ मिटर र चौडाई ११ मिटर छ । ठेकेदारले पुल निर्माण गर्दा शुरूको वर्ष अँधेरी खोलाबाट अवैधरूपमा उल्टै ढुंगागिट्टी निकालेर इनरुवातिर विक्री गरेको स्थानीय मकुम राईले बताए । उनले भने, ‘यहाँ काम गरेजस्तो गरेर ढुंगागिट्टी इनरुवातिर लगेर बेच्यो । हामीले समातेर प्रहरीमा बुझायौं पनि, खोलाले वर्षेनी दर्जनौं मान्छे र ८–१० ओटा मोटरसाइकल बगाउने गरेकाले पनि हामीले अत्यन्तै दुःख भोगिरहेका छौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)