ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गढीको डाँडामा वनझाँक्री पार्क निर्माण

२०७७ असार, २६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा वनझाँक्री पार्क निर्माण गरिएको छ । महालक्ष्मी नगरपालिका–६ र ७ को सीमानास्थित गढीको डाँडामा वनझाँक्री पार्क निर्माण गरिएको हो । प्रदेश सरकार अन्तर्गत शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको रू. २ करोड ८३ लाख ७९ हजार ६५५ लगानीमा पार्क निर्माण गरिएको हो ।

पार्कमा वनझाँक्रीको मूर्ति, पर्यटकका लागि करीब १ हजार १०० ओटा खुड्किलो रहेको रेलिङसहितको सिँढी, विश्रामस्थल र शौचालय आदि निर्माण गरिएको छ । ०७६ साउन १९ गते शुरू भएको पार्क निर्माण आगामी माघ १९ गते सम्पन्न गर्ने सम्झौता थियो । तर, निर्माण कम्पनी वाईपीआर निर्माण सेवाले निर्धारित समय भन्दा करीब ७ महीनाअघि नै पार्क क्षेत्रबाट अरुणनदी आसपासका फाँट क्षेत्र, विश्वकै होचो अरुण उपत्यका र मौसम खुलेको समयमा मकालु लगायत विभिन्न हिमश्रृंखला देख्न सकिन्छ । पार्क निर्माण भएपछि स्थानीयवासी पनि खुशी भएका छन् । पार्क निर्माणसँगै नगरपालिकाले पर्यटन क्षेत्रमा एउटा ठूलो फड्को मारेको स्थानीय नारायण पौडेलको भनाइ छ ।

महालक्ष्मी नगरपालिकाले यो पार्कसँगै अन्य पार्क पनि निर्माण गरिरहेको बताएको छ । पार्क निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी स्थानीय सम्पदास्थल एवं सांस्कृतिक गतिविधिलाई समेत प्रचार–प्रसार गर्ने लक्ष्य राखिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए । वनझाँक्री पार्क निर्माणस्थलममा परापूर्वकालमा वनझाँक्रीहरू आएर मानिसहरूलाई धामी बनाउँदै छोड्ने गरेको किम्बदन्ती रहेकाले वनझाँक्री पार्क निर्माण गरिएको उनको भनाइ छ । पार्कमा पर्यटकको सुविधाका लागि अन्य विभिन्न पूर्वाधार निर्माण गर्दै जाने उनले बताए ।

उद्घाटनमा विवाद
तोकिएको समय भन्दा ७ महीनाअघि नै निर्माण सम्पन्न भए पनि हालसम्म दुई तहको सरकारबीच विवाद हुँदा उद्घाटन हुन सकेको छैन । महालक्ष्मीका नगरप्रमुख पर्शुराम नेपालले पार्क उद्घाटन गर्ने कार्यक्रम तय गरिए पनि प्रदेश सांसद ईन्द्रमणि पराजुलीले उद्घाटन कार्यक्रम स्थगित गराए । प्रदेश सरकारको लगानीमा निर्माण गरिएका कारण आपूmले उद्घाटन गर्न पाउनु पर्ने उनको दाबी छ । तोकिएको सयम भन्दा ७ महीनाअघि नै निर्माण सम्पन्न गरे पनि अन्तिम भुक्तानी रोकिएको वाईपीआर निर्माण सेवाका सञ्चालक महेन्द्र निरौलाले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)