ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धान जोनका किसानलाई १ करोड ५० लाखको कृषि उपकरण वितरण 

२०७७ असार, २७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

असार २७, विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ सुनसरीले धान जोन कार्यक्रममा आवद्ध किसान र समूहलाई रू. १ करोड ५० लाख बराबरको कृषि यन्त्र तथा उपकरण वितरण गरेको छ । जसमा किसानहरुको रू. ७५ लाख र ७५ लाख परियोजनाले ब्यहोरेको हो । 

५० प्रतिशत अनुदानमा धान खेती प्रविधिमा प्रयोग हुने ट्रयाक्टर ६ ओटा, डिक्स हेर्रो ६ ओटा, कम्बाइन हार्रबेस्टर १ ओटा, कल्टिभेटर ६ ओटा, रोटाभेटर ४ थान, जिरोभेटर २ ओटा, केजव्हिल ५ सेट, थ्रेसर एक थान वितरण गरिएको छ ।  

धान खेतीका लागि चाहिने मेसिन उपकरणहरु वितरणको क्रममा ६ ओटा कष्टम हायरिंग केन्द्र स्थापनाका आवेदन मध्ये फिल्ड निरीक्षण गरी आवश्यकता र मूल्याकंनको आधारमा ३ ओटा समूह तथा सहकारीलाई जोन सञ्चालक समितिको निर्णय अनुसार अनुदान उपलब्ध गराएको परियोजना इकाइका निमित्त प्रमुख दिपेन्द्र पोखरेलले जानकारी दिए । 

जयकिसान कृषक समूह गढी गाउँपालिका ३ का अध्यक्ष पिताम्बर यादव, रामजानकी कृषक समुह दुहबी नपा ११, तनमुनाका अध्यक्ष हेमनारायण चौधरी,  चन्द्रोदय कृषि सहकारी संस्था लि, गढि ३, छिटाहाका सुरेन्द्र मेहतालाई मेसिन तथा उपकरणहरु हस्तान्तरण गरिएको हो । 

नेपालको प्रमुख खाद्यान्न बाली धान हो । धान उत्पादनमा वृद्धि गरी उत्पादकत्व बढाउन र कृषकहरुको जीवनस्तरमा सुधार ल्याउन धान जोनको अवधारणा आएको हो । खेतीमा आधुनिकीकरण तथा यान्त्रिकरण मार्फत उत्पादनमा जोड दिने र किसानहरुको उत्पादनको मूल्य सुनिश्चित भएमा यूवा शक्तिलाई खेतबारीमा फर्काउने सकिने भएकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले थप रोजगारी समेत श्रृजना गरिरहेको पोखरेलले बताए । उनले वितरित उपकरणहरु सञ्चालनमा ल्याउन र त्यसको अभिलेख राख्ने काममा १२ जनाले रोजगारी पाउने उल्लेख गरे । 

कोरोनाको कारण वैदेशिक रोजगारीमा गएका र रोजगारी गुमाएर फर्कीएका १२ जनालाई यस कार्यक्रम अन्तरर्गत रोजगार बनाइने छ । समूह, सहकारीदेखि बाहेकका कृषकलाई पनि प्रत्यक्ष फाइदा र सहुलियतमा खेती गर्न नेपाल सरकारबाट अनुदान प्राप्त मेसिनहरुले सहयोग पु¥याउने दुहबीका मेयर वेदनारायण गच्छदारले बताए । 

धान खेतीमा मेसिन तथा उपकरणहरु हस्तान्तरणका कार्यक्रममा दुहबी नगरपालिकाका नगर प्रमुख वेद नारायण गछ्छदार, उप–प्रमुख गिता चौधरी परियोजनाका कार्यालय प्रमुख दिपेन्द्र पोखरेल त्यसैगरी गढि गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव, त्यसैगरी गढी गाउँपालिका ३ नं. वडाका वडा अध्यक्ष टुनालाल चौधरीको उपस्थितिमा उपकरण वितरण गरिएको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)