ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीका संसदीय समितिले पूर्णता पाउँदै

२०७७ असार, २८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विनोद लम्साल

वीरेन्द्रनगर । कर्णाली प्रदेशका संसदीय समितिहरूले पूर्णता पाउने भएका छन् । ‘मिनी पार्लियामेन्ट’ भनेर चिनिने संसदीय समितिहरू गठन भएको २७ महीनापछि निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गर्न लागिएको हो । विषयगत समितिको बैठकमा हालसम्म सदस्यमध्येबाट ज्येष्ठताका आधारमा अध्यक्षता गर्ने गरिएको छ । संसदीय समितिहरूको अध्यक्षका लागि यही असार २८ गते निवार्चन गर्न लागिएको हो ।

बिहीवार प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी असार २८ गते दिउँसो १ बजे समितिका अध्यक्षहरूको निर्वाचन हुने जानकारी दिएको छ । कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १४८ अनुसार समितिको अध्यक्ष पदको निर्वाचन गर्न लागिएको सचिवालयले बताएको छ । कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १४८ को उपनियम ३ सँग सम्बन्धित अनुसूची ४ बमोजिम ढाँचामा एकजना प्रस्तावक र एकजना समर्थक राखी समितिको अध्यक्ष पदको उम्मेदवारको मनोनयन पत्र र मन्जुरीको हिस्सा प्रदेशसभा सचिवसमक्ष बुझाउनुपर्नेछ ।

कर्णाली प्रदेशसभामा चारओटा संसदीय समिति छन् । हाल ज्येष्ठताको आधारमा अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षता नेकपाका प्रदेशसभा सदस्य अम्मरबहादुर थापा, विधायन तथा प्रदेश मामिला समितिको अध्यक्षता नेकपाका पदमबहादुर रोकाय, सामाजिक विकास समितिको अध्यक्षता नेकपाकै सांसद राजु नेपाली र सार्वजनिक लेखा समितिको अध्यक्षता नेपाली कांग्रेसका सांसद दीनबन्धु श्रेष्ठले गर्दै आएका छन् । २०७४ चैतमा विषयगत समितिहरू गठन भएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)