ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरानको नगरसभा अझै अन्योलमा

मेयरकै नाममा बेरुजू देखिएपछि कार्यपालिका बैठक बिथोलियो

२०७७ असार, २८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

असार २८, धरान । असार १० गते शुरू भएर स्थगित धरान उपमहानगरपालिकाको नगरसभा अझै अन्योलमै रहेको छ । असार २६ गतेसम्मका लागि स्थगित नगरसभाको तयारीका लागि शुक्रवार आयोजित कार्यपालिका बैठक नै बिथोलिएपछि नगरसभा अनिश्चित बनेको हो । नगर प्रमुख (मेयर) तिलक राईले कार्यपालिका बैठक डाकेका थिए । मेयर राईको नाममा करीब १३ वर्ष अघिदेखि नगरपालिकामा बेरुजू देखिएको खबर सार्वजनिक भएपछि तर कार्यपालिका सदस्यहरूले पहिले त्यसबारे स्पष्ट पार्न माग गरेपछि बैठक अवरुद्ध भएको हो । राईले २ लाख ४१ हजार रुपैयाँ पेश्की लिएर बेरुजु रहेको देखिएको छ ।

नेकपाबाट निवार्चित वडाध्यक्षहरूले सो विषयमा बैठकमा कुरा राखेको र मेयर राईबाट चित्तबुझ्दो जवाफ नआएपछि बैठक बहिष्कार गरिएको वडा–१६ का अध्यक्ष दिलकुमार गिरीले बताए । ‘म वडाध्यक्षलाई दाग लाग्दा मेयरसाबलाई पनि लागेको हुन्छ । उहाँलाई लाग्दा हामीलाई पनि लागेसरह हो । कुरा के हो स्पष्ट पार्नुस् भन्दा चित्तबुझ्दो जवाफ आएन ।’

वडा नं ९ का अध्यक्ष रत्न कटवालले नगरसभा नहुनुमा जवाफदेही मेयर नै हुनुपर्ने बताए । मेयरको गैरजिम्मेवारीका कारण नगरसभा अन्योलमा रहेको उनको जिकीर छ । मेयर राईले बेरुजूको विषयमा स्पष्ट नपारेसम्म कुनै पनि बैठकमा सहभागी नहुने नेकपा निकट कार्यपालिका सदस्यहरूको भनाइ छ ।

मेयर तिलक राईले कार्यपालिका बैठक रोकिएको विषयमा आपूmले जिम्मेवारी लिने बताएका छन् । पेश्की फछ्र्योटको विषयमा आप्mनो जोडिएकोले त्यसमा आपूm जवाफदेही बन्नैपर्ने उनको भनाइ छ । उनले तत्कालीन समयमा संयोजक रहेर धरान–१८ स्थित बुद्धचोक विस्तारको कामका लागि पेश्की रकम लिएको र अहिलेसम्म पनि बेरुजू देखिएको पाइएको छ । 
नगरसभा असार मसान्तभित्र सक्नेगरी तयारीमा लागेको मेयर राईले बताए । नगरसभा १५ दिनभित्र सक्नुपर्ने प्रावधान छ ।

असार सकिन ४ दिन मात्र बाँकी रहँदा पनि कार्यपालिका सदस्यहरूबीचमा बजेटको ढाँचामाथि कुनै पनि छलफल हुन सकेको छैन । असारभित्र नगरसभा बस्न नसक्ने वडाध्यक्षहरूको भनाइ छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)