ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टुंगियो धरान नगरसभाको विवाद

२०७७ असार, ३०  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । करीब ३ साताअघि उद्घाटन भएर स्थगित भएको धरान उपमहानगरपालिका नगरसभाको विवाद टुंगो लागेको छ । आइतवार रातिसम्म बसेको कार्यपालिका बैठकले असार ३० र ३१ गते नगरसभा गर्ने निर्णय गरेको छ । गत असार १० गते धरानको नगरसभा उद्घाटन भए पनि बजेट तथा नीति कार्यक्रमको विषयमा विवाद शुरू भएपछि असार २६ गते गर्नेगरी स्थगित गरिएको थियो । निर्धारित मितिमा बैठक आयोजता गरिए पनि नगर प्रमुख तिलक राईको नाममा नगरपालिकामा देखिएको बेरुजूको विषय विवादित बनेपछि नेकपा निकट कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेका थिए । उक्त विवादले नगरसभा नै अन्योलमा परेको थियो । तर आइतवार यसअघि उठेका विवादित विषयहरूमा सहमति जुटेपछि असार ३० र ३१ गते नगरसभा गर्ने निर्णय भएको छ ।

कार्यपालिका बैठक नबस्दा नगरसभा प्रभावित भई बजेट, नीति तथा कार्यक्रम नै पारित नहुने अवस्था आएपछि नेकपाले आफ्ना कार्यपालिका सदस्यहरूलाई बैठकमा सहभागी हुन निर्देशन दिएको थियो । बैठकले नगरसभामा लैजाने गरी विधेयक, बजेट सिलिङ लगायत पास गरेको नगर प्रमुख राईले बताए । कार्यपालिका बैठकले राजस्व परिचालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, विनियोजन विधेयक ऐन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा बनेको विधेयक, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति व्यवस्थापन गर्न बनेको कार्यविधि पास गरेको समेत उनले जानकारी दिए । यस्तै, घरनक्सा सम्बन्धी आएको प्रतिवेदनका केही विषय सम्बन्धित निकायमा सिफारिश गर्ने, केही कार्यान्वयन गर्ने र थप छलफल गर्ने निर्णय पनि भएको छ । उपमहानगरपालिकाले सबैखाले व्यवसायको करमा ३५ प्रतिशत छूट दिने प्रस्ताव बैठकले गरेको छ । धरानमा सञ्चालित सबै किसिमका व्यापार व्यवसायका लागि उक्त छूट दिने प्रस्ताव गरिएको हो । प्रस्ताव आगामी मंगलवार र बुधवार हुने नगरसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने नगर प्रमुख राईले जानकारी दिए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)