ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जोखिमपूर्ण रूपमा सप्तकोशीबाट दाउरा संकलन

२०७७ असार, ३०  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

सुनसरी । निरन्तरको वर्षासँगै सप्तकोशी नदीमा आएको बाढीले घरखेत बगाउने चिन्ता र बगाएको पीडा धेरैलाइ छ । तर, केहीलाई भने यो बाढी आम्दानीको स्रोत पनि बनेको छ ! वर्षायाम शुरू भएसँगै सप्तकोशीमा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्न यहाँका कतिपय स्थानीयलाई भ्याइनभ्याई छ ।

आर्थिक अभावको चपेटामा परेका कोशी ब्यारेज आसपासका स्थानीयहरू यसपाली मात्र नभइ विगतदेखि नै उच्च जोखिमपूर्ण रूपमा दाउरा संकलन गर्दै आएका छन् । कोशी ब्यारेजमा खोलिएका ढोकामाथि दैनिक उनीहरू लठ्ठीमा भाला उनेर आफैंले बनाएको घरेलु औजारको सहायताले बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने गर्दछन् ।

सानैदेखि कोशी क्षेत्रमै हुर्किएकाले आफूहरूलाई कुनै पनि डर नलाग्ने बताउँछन् स्थानीय मिन्टु मण्डल । ‘हामीलाई डर लाग्दैन्, यहीँ खेल्दै हुर्किएका हौं, पौडी खेल्न राम्रोसँग आउँछ, हाम्रो रोजीरोटी नै दाउरा संकलन र माछा मार्ने काम हो’, उनले भने ।

बाढीले बगाएर ल्याएको काठ दाउरा निकाल्दा कहिलेकाँही पुलबाटै झर्ने गरेको पनि उनले बताए । तर, पौडी खेल्न आउने भएकाले कुनै किसिमको अप्रिय घटना नघटेको उनी बताउँछन् । दाउरा संकलनका लागि कोशी ब्यारेज क्षेत्रका करीब १ हजार ५०० जना भन्दा बढी मानिसहरू आउने गर्दछन् ।

आफूहरूले संकलन गरेको काठ तथा दाउरा घरमा लगेर सुकाउने र बजारमा लगेर विक्री गर्ने गरेको बताउँछन् स्थानीय गुल्टेन मण्डल । उनका अनुसार वर्षाको समयमा १ जनाले २ ट्रकसम्म दाउरा संकलन गर्ने गर्दछन् । त्यही बेचेर गुजारा पनि टार्ने गरेको उनको भनाइ छ । ‘कोशी वरिपरि खेती गर्ने ठाउँ हुँदैन, जीविकोपार्जनका लागि हाम्रो त काम नै यही हो’, उनले भने ।

कोशी ब्यारेजबाट निकालिएको काठ दाउरा भारतीय बजारसम्म लगेर विक्री गर्ने गरेको उनले बताए । बाढीको समयमा काठ दाउरा संकलन गरी घरमै थुपारेर राख्ने र हिउँदमा भारतीय बजारसम्म लगेर विक्री गर्ने गुल्टेन मण्डलको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)