ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटकीय गन्तव्य बन्दै रानीकोटको हिमदर्शन पार्क

२०७७ असार, ३०  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानको शारदा नगरपालिका–५ रानिकोटमा रहेको हिमदर्शन पार्क पर्यटकीय गन्तव्य बन्दै गएको छ । पार्कमा घुम्न तथा अवलोकनका लागि आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएपछि पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा परिचित बन्न थालेको हो ।

पर्यटकको संख्या बढ्न थालेसँगै यहाँ विभिन्न आकर्षक संरचनाहरू निर्माण गर्न समेत थालिएको छ । यस वर्ष मात्रै रू. ३ लाख ५० हजारको लागतमा विभिन्न संरचना निर्माण गरिएको वडाअध्यक्ष प्रदीप शाहीले बताए । शनिवार र बिदाको दिनमा पार्क घुम्न आउनेको संख्या धेरै हुने गरेको उनको भनाइ छ ।

अहिले शनिवार र बिदाको दिनमा दैनिक १०० को हाराहारीमा पर्यटकहरू आउने गरेको उनले बताए । यसैबीच हिमदर्शन पार्कमा प्रवेशका लागि शुल्क निर्धारणको काम पनि भइरहेको छ । ‘हाल निःशुल्क रूपमा प्रवेश दिँदै आएको यस पार्कमा अबदेखि शुल्क लाग्ने छ, मूल्य निर्धारणको लागि नगरपालिकामा सिफारिस गरेका छौं’, उनले भने ।
पार्कको व्यवस्थापन लगायत काम गर्न यहाँ आउने पर्यटकहरूबाट सामान्य सेवाशुल्क उठाउने उनको भनाइ छ । ज्येष्ठ नागरिक र अपांगता भएकाहरूका लागि कुनै शुल्क लाग्ने छैन भने बालबालिकालाई आधा शुल्क लिने तयारी छ ।

शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले पार्कमा निर्माण गरिएका विभिन्न संरचनाहरूको आइतवार उद्घाटन गरे । पार्कभित्र निर्माण गरिएका विभिन्न संरचनाको उद्घाटन गर्दै उनले हिमदर्शन पार्कलाई पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता व्यक्त गरे । पार्कको प्रचारप्रसार र आवश्यक संरचना निर्माणका लागि नगरपालिकाले विशेष ध्यान दिने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)