ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिस्यान केन्द्र निर्माणको रू. ५० लाख फ्रिज

२०७७ सावन, ७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानमा चिस्यान केन्द्र निर्माणका लागि आएको बजेट फ्रीज भएको छ । आर्थिक वर्ष २०७६/७७ मा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले जिल्लामा चिस्यान केन्द्र निर्माणका लागि पठाएको रू. ५० लाख बजेट खर्च हुन नसकेर फ्रिज भएको हो ।

कृषि विकास कार्यालय सल्यानका कार्यालय प्रमुख महेश आचार्यले थोरै बजेट र डीपीआरलगायत प्रक्रिया पूरा नगरी विनियोजन भएकाले कार्यान्वयन गर्न नसकिएको बताए । ‘सल्यानमा अदुवा, सुन्तला, आलु लगायत तरकारी तथा फलपूmलको बीउबिजन राम्रो उत्पादन हुन्छ, यसको स्तरीय बजारीकरणका लागि जिल्लामा चिस्यान केन्द्रको आवश्यकता हो’, उनले भने, ‘तर विभिन्न परिस्थितिले गर्दा चिस्यान केन्द्र निर्माण थालनी गर्न सकेनौं ।’ जिल्लामा चिस्यान केन्द्र निर्माणका लागि न्यूनतम रू. २ करोड बढी खर्च हुने अनुमान छ ।

‘चिस्यान केन्द्र निर्माण भनेर बजेट विनियोजन भएर आयो, तर डीपीआर तयार गर्ने र ठाँउ तोक्ने काम भएन । हामीसँग यससम्बन्धी विज्ञ टोली छैन’, कार्यालय प्रमख आचार्यले भने ।

चिस्यान केन्द्र निर्माणको शीर्षकमा विनियोजन भएको बजेटबाट यस वर्ष डीपीआरको काम गर्ने र अर्को वर्ष निर्माणको काम अगाडि बढाउने सोच बनाए पनि कानूनी जटिलताले समस्या भएको उनको भनाइ छ ।

किसानहरू आफूले उत्पादन गरेका मौसमी तथा बेमौसमी फलपूmल र तरकारीहरू सुरक्षित भण्डारण गर्न चिस्यान केन्द्र बनाउन माग गर्दै आएका छन् । तत्काल बजारमा खपत हुने भन्दा बढी उत्पादन हुने तरकारी, फलपूmल लगायत कृषि उत्पादनलाई व्यवस्थित रूपमा चिस्यान केन्द्रमा भण्डारण गरी बेमौसमी सिजनमा विक्री गर्ने गरिन्छ ।

जिल्लाका किसानले सुन्तला, अदुवा, आलु, बेसार, तरकारी अत्यधिक उत्पादन गर्ने गरेका छन् । चिस्यान केन्द्रको अभावमा उत्पादित कृषि सामग्री वर्षेनी कम मूल्यमा बेच्न किसान बाध्य छन् । वर्षेनि माल्नेटाको अदुवा, कोटमौलाको सुन्तला, बाफुखोलाको आलुलगायत फलपूmल तथा तरकारी र बीउ गरेर जिल्लाबाट करोडौंको वस्तु निर्यात हुँदै आएको छ ।

विगतदेखि नै जिल्लामा चिस्यान केन्द्र स्थापनाका लागि पहल गर्दै आए पनि सफल नभएको उद्योग वाणिज्य संघ सल्यानले बताएको छ । चिस्यान केन्द्रको अभावले किसानले उत्पादन गरेको वस्तुले बजारमूल्य राम्रो पाउन नसकेको संघका अध्यक्ष वीरबहादुर चलाउनेले बताए ।  

यस वर्ष चिस्यान केन्द्रका लागि कृषि विकास कार्यालयमा प्रस्तावना पेश गरे पनि कोरोनाका कारण जारी लकडाउन लगायत समस्याले सफल हुन नसकेको उनको भनाइ छ । शारदा नगरपालिका–१२ को रेशमज्यूलामा चिस्यान केन्द्र बनाउने तयारी थियो ।

चिस्यान केन्द्र निर्माणका लागि करोडौं लगानी गर्नुपर्ने भएकाले बहुवर्षीय आयोजनामार्फत काम सुचारु गर्न किसानको माग छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)