ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानका सबै विद्यालयमा पुग्यो पाठ्यपुस्तक

२०७७ सावन, ७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानका सबै विद्यालयमा पाठ्यपुस्तक पुगेको छ । कोरोना भाइरसका कारण लामो समयदेखि शैक्षिक संस्थाहरू बन्द भए पनि जिल्लाका ५०० भन्दा बढी विद्यालयमा पाठ्यपुस्तक भने पुगेको छ ।

लकडाउनका कारण विद्यालयहरू बन्द भए पनि सबै विद्यालयले पाठ्यपुस्तक खरीद गरेर विद्यार्थीहरूलाई वितरण गरिसकेको विद्यालयहरूले बताएका छन् ।

छत्रेश्वरी गाउँपालिका–५ पाखापानीस्थित महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक रोमहर्ष केसीले विद्यालयका सम्पूर्ण विद्यार्थीहरूको हात–हातमा पाठ्यपुस्तक पु¥याएको बताए । ‘लकडाउनका कारण विद्यालय बन्द छ, तर पनि घरमै बसेर पठनपाठनका क्रियाकलापमा सरिक बनाउने उद्देश्यले सबै विद्यार्थीहरूलाई पाठ्यपुस्तक उपलब्ध गराएका छौं’, उनले भने । विद्यार्थीहरूलाई पठन कार्यमा सक्रिय बनाउन टोल टोलमा शिक्षक अभियान सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

शैक्षिक सत्र शुरू भएको करीब ३ महीनासम्म विद्यालय सञ्चालन नभए पनि पुस्तक विक्रीमा भने कुनै समस्या नभएको नारायणी बुक्स एन्ड स्टेशनरीका सञ्चालक डम्बर केसीले बताए । उनले आपूmसँग सम्झौता भएका सबै विद्यालयहरूमा पाठ्यपुस्तक पुगिसकेको बताए ।

‘सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको छ, तर संस्थागत विद्यालयमा भने फाट्टफुट्ट मात्रै पुस्तक विक्री भइरहेको छ’, उनले भने । पुस्तक विक्री भए पनि अन्य स्टेशनरीका सामग्री भने विक्री नभएको उनको भनाइ छ । ‘सरकारी तथा गैरसरकारी कार्यालयहरूमा केही सामान विक्री हुन्छ, तर शैक्षिकशत्र शुरू भएको लामो समय हुदाँ पनि कापी, कलम लगायत स्टेशनरीका सामान विक्री शून्य जस्तै छ’, उनले भने ।

जनक शिक्षा सामग्री केन्द्र, प्रदेश कार्यालय नेपालगञ्जले सल्यानलाई समयमा नै पुस्तक उपलब्ध गराएकाले पनि केही सहज भएको उनले बताए । यस वर्ष कक्षा १ देखि १० कक्षासम्म गरेर करीब पौने ३ करोड रुपैयाँको पुस्तक जिल्लामा भित्रिएको छ । जिल्लाका दर्जन बढी पुस्तक पसलले पाठ्यपुस्तक विक्री गर्दै आएका छन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)