ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रिय परिचयपत्रका लागि ५ हजार भन्दा बढीको आवेदन

नागरिकता लिनेको संख्या घट्यो

२०७७ सावन, ८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानमा राष्ट्रिय परिचयपत्र प्राप्त गर्न ५ हजार ५९८ जनाले आवेदन दिएका छन् । यो संख्या आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्मको हो । २ हजार ९५३ जना पुरुष र २ हजार ६४५ जना महिलाले उक्त आवेदन दिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जानकारी दिएको छ ।

हरेक नागरिकको जैविक तथा वैयत्तिक विवरण भरेर सुरक्षित गर्ने उद्देश्यका साथ गत वर्षको साउन ७ गतेदेखि राष्ट्रिय परिचयपत्रको आवेदन संकलन कार्य शुरू गरिएको थियो । यस अवधिमा सबैभन्दा धेरै शारदा नगरपालिकाका ३ हजार ५७६ जना र सबैभन्दा कम कालीमाटी गाउँपालिकाका १४८ जनाले परिचयपत्रका लागि आवेदन दिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जानकारी दिए ।

‘जिल्लाभरबाट अहिलेसम्म साढे ५ हजार नागरिकले निवेदन दिनुभएको छ, यो संख्या ८ हजार भन्दा बढी पुगेपछि परिचयपत्र छपाउने तयारी थियो’, उनले भने, ‘तर कोरोना रोकथाममा लागि सरकारले गरेको लकडाउनका कारण उद्देश्य प्राप्त गर्न समस्या भयो ।’ राष्ट्रिय परिचयपत्रले नागरिकलाई विभिन्न किसिमका सेवासुविधा उपलब्ध गराउन सहयोग पुर्‍याउने बहुउपयोगी कार्डका रूपमा प्रयोग हुने उनको भनाइ छ ।

उनले व्यक्तिको मतदाता परिचयपत्र, जग्गा जमीन र अन्य सम्पत्तिको अभिलेखका रूपमा, बैंकिङ कारोबारको अभिलेख, सामाजिक सुरक्षा कार्डका रूपमा, सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखका रूपमा राष्ट्रिय परिचयपत्रको उपयोग गर्न सकिने बताए । व्यक्तिको पहिचानसम्बन्धी समस्या समाधान गर्न, व्यक्तिको जैविक तथा व्यक्तिगत विवरण प्राप्त गर्न, एउटै राष्ट्रिय परिचयपत्रबाट विविध सेवा प्राप्त गर्न सकिने उनको भनाइ छ ।

नागरिकता बनाउने घटे
सल्यानमा हालसम्म २ लाख ६४ हजार ९१२ जनाले नेपाली नागरिकता प्राप्त गरेका छन् । गत आर्थिक वर्ष २०७६÷७७ मा ३ हजार ९३१ जनाले नागरिकता प्राप्त गरेका छन् । तर, यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा भने कम हो । अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा जिल्लाबाट ५ हजार ७३ जनाले नेपाली नागरिकता प्राप्त गरेका थिए ।
कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण गत वर्ष नागरिकता लिन आउनेको संख्यामा कमी आएको हुन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)