ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकले ब्याजदर नघटाएको उद्योगी व्यवसायीको गुनासो 

२०७७ सावन, ८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

साउन ८, विराटनगर । सरकारले बैंकको ब्याजदर घटाउने निर्णय गरेपनि बैंकहरुले ब्याजदर नघटाएको गुनासो उद्योगीहरुले गरेका छन् । बजेटले निजी क्षेत्रका मागलाई सम्बोधन नगरे पनि मौद्रिक नीतिले केही राहत दिएपनि पूर्णरुपमा उद्योगीहरु उत्साहित हुन नसकिएको प्रतिक्रिया दिएका छन् । 

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र विराट व्यापार संघले संयुक्त रुपमा बिहीवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री, राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य लालबाबु पण्डित समक्ष उनीहरुले गुनासो तथा माग पूरा गराउन पहल गरिदिन आग्रह गरेका हुन् । 

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले सरकारले बजेटमा नीजि क्षेत्रलाई उपेक्षा गरेपनि मौद्रिक नीतिले केही राहत दिएको बताए । उद्योगीहरुले उठाउँदै आएका समस्याप्रति सरकार गम्भिर नभएको भन्दै उद्योगीका समस्या समाधानका लागि पहल गरिदिन उनले आग्रह गरे । 

मन्त्री परिषद्ले लकडाउनको अवधिभरिको विद्युतको डिमाण्ड शुल्क नलिने निर्णय गरेपनि विद्युत् प्राधिकरणले लिदैं आएको र विराटनगर विमानस्थलको विस्तार नभएको बारे पूर्वमन्त्री पण्डितको ध्यान आकृष्ठ गरे । 

त्यस्तै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले सरकारले बैंकको ब्याजदर ५ प्रतिशत घटाउने भनेपनि बैंकहरुले त्यसलाई नरेको उल्लेख गरे । उनले बजेटले नीजि क्षेत्रलाई निराश बनाएपनि मौद्रिक नीतिले केही आशा जगाएको उल्लेख गरे । विराटनगरलाई औद्योगिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न विमानस्थलको स्तर उन्नति र विस्तार आवश्यक भएको घिमिरेले औंल्याए ।   

पण्डितले उद्योगीहरुको मागलाई सम्बन्धित मन्त्री, समिति र प्रधानमन्त्री समक्ष पुर्‍याएर समाधानका लागि आफूले पहल गर्ने विश्वास दिलाए । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र विराट व्यापार संघले संयुक्त रुपमा बिहीवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफूलाई समस्याहरु लिखित रुपमा दिन आग्रह गरे । 

पण्डितले नेपाल–भारत सीमामा सशस्त्र प्रहरीका पा“च सय आउटपोष्ट थपिने भएका छन् । उनले नेपालका सीमा क्षेत्रका बजारहरु सुकेनाश हुने र भारतीय सीमाका बजारहरु गुल्जार भइरहने प्रवृतीको अन्त्यका लागि बोर्डरमा सुरक्षा व्यवस्था कडा बनाइने बताएका हुन् । 

पछिल्लो समय सीमामा अपराधिक गतिविधि बढीरहेको र सीमा क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सशस्त्र प्रहरीलाई पूर्ण रुपमा सीमामा परिचालन गरिन लागिएको पूर्वमन्त्री पण्डितले जानकारी दिए । 

यो आर्थिक वर्षमा सुविधा सम्पन्न १२५ ओटा आउटपोष्ट थप्नका लागि बजेट विनियोजन भइसकेको र आगामी वर्ष त्यसको संख्या दोब्बरभन्दा बढी बनाइने उल्लेख गरे । उनले भने ‘अहिले कोरोनको कारण सरकार गम्भिर आर्थिक संकटमा रहेकाले ५०० ओटै आउट पोष्टका लागि बजेट विनियोजन हुन सकेन आगामी वर्ष हुनेछ ।’

सीमा क्षेत्रका जनताले जहिले पनि दुःखको सामाना गर्नु परेकाले अब पिच सडक, विद्युत, खानेपानी, टेलिफोन लगायतका पूर्वाधारको समेत विकास गरिने उनले बताए । सीमाका स्थानियले जहिले पनि डकैटीको सामना गर्नु पर्ने लगायतका समस्या भोग्दै आएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)