ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सबैभन्दा बढी प्रदेश १ को ७१ प्रतिशत बजेट खर्च

२०७७ सावन, ११  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । प्रदेश १ सरकारले गत आर्थिक वर्ष (आव) २०७६/७७ मा करीब ७१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा कुुल विनियोजित बजेटमध्ये रू. २९ अर्ब ८९ करोड १० लाख खर्च भएको छ । यो कुल बजेटको ७० दशमलव ८३ प्रतिशत हो । गत आवमा प्रदेश सरकारले रू. ४२ अर्ब २० करोड ४ लाख विनियोजन गरेको थियो ।

असारमा खर्च गर्ने परिपाटीलाई रिरुत्साहित गर्ने घोषणा गरेको प्रदेश १ सरकारले असारे विकासलाई नै निरन्तरता दिएको छ । जेठ मसान्तमा कुल बजेटको ४५ प्रतिशत खर्च गरेको सरकारले असारमा मात्रै थप २६ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी अन्तिमकुमार आचार्यले जानकारी दिए ।

प्रदेश सरकारले चालू बजेटतर्फ रू. १८ अर्ब ६२ करोड ६४ लाख विनियोजन गरेकोमा रू. १२ अर्ब २ करोड ४४ लाख अर्थात ६४ दशमलव ५६ प्रतिशत खर्च गरेको छ । पूँजीगततर्फ रू. २३ अर्ब ५७ करोड ३९ लाख विनियोजन गरेको थियो, जसमा १७ अर्ब ८६ करोड ६५ लाख अर्थात् ७५ दशमलव ७९ प्रतिशत खर्च भएको कार्यालयको तथ्यांक छ ।

प्रदेश व्यवस्थापिका सचिवालयले चालू बजेटको ६६ दशमलव १७ प्रतिशत खर्च गरेको छ । चालू खर्चतर्फ रू. ३० करोड ६ लाख बजेट पाएको सचिवालयले रू. १९ करोड ८९ लाख खर्च ग¥यो । त्यसैगरी मुख्य न्याधिवक्ताको कार्यालयले रू. २ करोड ३१ लाख बजेमा रू. १ करोड ३१ लाख खर्च गरेको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा सबैभन्दा कम चालू खर्च गरेको लोकसेवा आयोगले सबैभन्दा बढी पूँजीगत खर्च गरेको छ । रू. ७५ लाख पूँजीगत बजेटमा आयोगले १२३ दशमलव ६४ प्रतिशत खर्च गरेको छ । रू. ३ करोड ५४ लाख पूँजीगत बजेट रहेको प्रदेश व्यवस्थापिका सचिवालयले ६० दशमलव ६२ प्रतिशत खर्च गरेको छ ।

यस्तै रू. १ करोड ८६ लाख बजेट प्राप्त गरेको प्रदेश योजना आयोगले २४ दशमलव ०९ प्रतिशत पूँजीगत खर्च गरेको छ । यस्तै रू. ८ करोड ९८ लाख वार्षिक पूँजीगत बजेट रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ६८ दशमलव ५१ प्रतिशत खर्च गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)