ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सामूहिक रूपमा कफी र एभोकाडोको व्यावसायिक खेती शुरू

२०७७ सावन, १२  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

धनकुटा । धनकुटाको पाख्रिबासमा जिल्लामै पहिलोपटक सामूहिकरूपमा कफी र एभोकाडोको व्यावसायिक खेती शुरू गरिएको छ । पाख्रिबास नगरपालिका–८ स्थित मुगामा मुगा पाख्रिबास कृषि सहकारी संस्थाको नेतृत्वमा कफी र एभोकाडोको व्यावसायिक खेती शुरू गरिएको हो ।

संघीय सांसद राजेन्द्र राई, पाख्रिबास नगरपालिकाका प्रमुख बिर्खबहादुर राई, सहकारीका अध्यक्ष रेवतबहादुर थापालगायतले सामूहिकरूपमा बिरुवा रोपेर सो खेतीको उद्घाटन गरेका छन् । कार्यक्रममा सांसद राईले पाख्रिबास नगरपालिका र मुगालाई कफी तथा एभोकाडोको पकेट क्षेत्र घोषणा गरी कार्यक्रम लागू गर्न पहल गर्ने बताए । सहकारीले ५०० रोपनीमा एभोकाडोका ३ हजार र कफीका ६ हजार बिरुवा रोप्ने बताएको छ ।

पाख्रिबास नगरपालिकाले यो वर्षबाट कफीखेतीलाई व्यावसायिकरूपमा अघि बढाउन नगरको निति तथा कार्यक्रममै कफी पकेट क्षेत्र घोषणा गरेर खेती शुरू गर्ने तयारी गरेको थियो । यो वर्ष नगरपालिकाले नर्सरी व्यवस्थापनामा करीब रू. ५ लाख बिरुवा उत्पादन गर्ने गरी करीब रू. १० लाख विनियोजन गरिसकेको छ । नगरका अधिकांश क्षेत्रमा कफी खेती गर्न सकिने भएकाले यसलाइ प्राथकितामा राखिएको नगरप्रमुख विर्षबहादुर राईले जानकारी दिए ।

नर्सरीबाट बिरुवा उत्पादन हुन करीब १५ महीना लाग्ने १५ महीनापछि पहिलो चरणमा पाख्रिबास नगरपालिका क्षेत्रका किसानको बारीमा करीब रू. ५ लाख कफीका बिरुवा रोपिने राईले बताए । नगरपालिकाको लक्ष्यका अधारमा करीब ३ वर्षभित्रमा सम्पूर्ण क्षेत्रमा कफीखेती विस्तार गरिसक्ने र ५ वर्षपछि पूर्णरूपमा उत्पादन लिन थाल्ने बताइएको छ ।
यसले किसानलाई आर्थिक रूपमा फाइदा पुग्नाका साथै कुषि पर्यटनलाइ समेत फाइदा पु¥याउने नगरपालिकाको भनाइ छ ।

नगरपालिकालाई यो अभियान सञ्चालन गर्न तेखिमे कृषि परामर्र्श सेवा फार्म धनकुटा हिलेले सहजीकरण गरिरहेको छ । तेखिमे कृषि परामर्श सेवा फार्मले केही महीनाअघि गरेको आधार रेखा सर्भेक्षणमा पाख्रिबास नगर क्षेत्रमा करीब ५ हजार हेक्टर क्षेत्रफलमा कफीखेती गर्न सकिने प्रतिवेदन तयार गरेको थियो ।

फार्मका अध्यक्ष तथा कृषि अभियन्ता जीवन राईका अनुसार नेपालमा खेती हुने अरबिका जातको कफीखेती करीब ६०० मिटर उचाइदेखि १ हजार ६०० मिटरसम्म गर्न सकिन्छ । पाख्रिवास नगरपालिका क्षेत्रमा मात्रै वार्षिकरूपमा कफी उत्पादन गर्न सक्दा करीब रू. १ करोड ५० लाख किलो प्रशोधित कफी उत्पादन गर्न सकिने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)