ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६ लेन सडक विस्तार चारकोशे जंगलको १४ सय रूख काटिने

२०७७ सावन, १४  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर

सुनसरी । विराटनगरको रानी भन्सारदेखि सुनसरीको धरानसम्म जोड्ने ६ लेन सडक विस्तारका क्रममा चारकोशे जंगलको १४ सय रूख काटिने भएको छ । तरहरादेखि धरानसम्म चारकोशे झाडीको ९ किलोमिटर ६ लेन सडकमा उक्त संख्यामा रूख काट्नुपर्ने देखिएको हो । लामो समयदेखि ठेक्का नलागेको सडकको काम शुरू भएको ६ लेन सडक आयोजना कार्यालय इटहरीले बताएको छ ।

तरहरादेखि धरानसम्मको चारकोशे झाडीको सडक भने ४ लेनको मात्र हुने आयोजनाले बताएको छ । वन विभागको स्वीकृतिमा सडक विस्तार गर्न चारकोशे झाडीमा पहिलोपटक एकैपटक १४ सय रूख काट्न लागिएको ६ लेन सडक आयोजनाका प्रमुख बद्रीप्रसाद शर्माले बताए । ‘सडकको केन्द्र रेखाबाट दायाँ बायाँ दुवैतर्फ ११ दशमलव ५ मिटर चौडाइमा सडक विस्तार हुनेछ,’ उनले भने । जंगलमा ड्रेन तथा फुटपाथ बनाउनु नपर्ने भएकाले यो मापदण्डमा सडक विस्तार हुने उनले बताए । मोरङको रानी विराटनगर इटहरी धरान ६ लेनको व्यापारिक सडक निर्माण थालेको ६ वर्ष भए पनि पूर्णता पाउन सकेको छैन । सडक विस्तारको काम आर्थिक वर्ष २०६९/७० देखि शुरू भएको थियो । शर्माका अनुसार रानीबाट धरानसम्म ४९ किलोमिटर लामो सडकमध्ये पटक पटक गरी ३४ किलो मिटरको ठेक्का लागिसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)