ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यान र रुकुममा विद्युत् अवरुद्ध

२०७७ सावन, १५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानको सितलपाटीस्थित ३३ केभी सवस्टेशनमा आगलागी हुँदा मंगलवारदेखि सल्यान र रुकुममा विद्युत् अवरुद्ध भएको छ । सवस्टेशनमा जोडिएको केवुल आगो लागेर जलेपछि दुई जिल्लामा विद्युत् सेवा बन्द भएको हो ।

जिल्लामा मर्मत गर्ने जनशक्तिको अभाव भएकाले नेपालगञ्जबाट प्राविधिक ल्याएर मर्मत कार्य शुरू गरिएको नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख अर्जुनकुमार पोखरेलले जानकारी दिए । आगलागीबाट कति क्षति भएको छ भन्ने अहिलेसम्म यकिन भइनसकेको उनको भनाइ छ ।

‘अहिले मर्मतको काम शुरू भएको छ आगलागीले केवुलमात्र जलेको भए बुधवारबाटै विद्युत् सुचारु हुन्छ’, पोखरेलले भने, ‘ट्रान्समिटरमा क्षति भएको भए विद्युत् सुचारु हुन केहीदिन समय लाग्न सक्छ ।’ लगातारको वर्षाका कारण मर्मत कार्यमा पनि समस्या भइरहेको उनले बताए । मंगलवार राती सवस्टेशनमा रहेको ट्रान्समिटरमा जोडिएको केबुलमा आगलागी भएको थियो । आगलागीबाट केबुल पूर्णरूपमा जलेको प्राधिकरणको भनाइ छ ।

जिल्लामा वर्षात शुरू हुने बित्तिकै विद्युत् अनियमित हुँदै आएको छ । सितलपाटीमा सवस्टेशन सञ्चालनमा आएपछि समस्या समाधान हुने भनिए पनि अनियमितताको समस्या हटेको थिएन । पुरानो लाइन भएकाले पनि समस्या भएको प्राधिकरणको भनाइ छ । ‘दाङको तुलसीपुरदेखि पश्चिम रुकुमको लाइनमा समस्या आइरहन्छ, पत्ता लगाउन एकदम गाह्रो छ’, पोखरेलले भने, ‘वर्षातमा हावा लाग्ने तथा रुखहरू समेत ढल्ने भएकाले विद्युत् नियमित गर्न नसकिएको हो ।’

विद्युत् अभाव भएपछि लकडाउनबाट थलिएका स्थानीय व्यवसायीहरू पनि मर्कामा परेका छन् । विद्युत् अवरुद्ध भएपछि जिल्लामा सञ्चालित उद्योग कलकारखानाहरू ठप्प भएका छन् । विद्युत् अवरुद्ध भएसँगै सरकारी कार्यालय तथा बैंकिङ सेवासमेत प्रभावित भएको छ । विद्युत् नहुँदा श्रीनगरमा रहेको ल्यान्डलाइन टेलिफोन सेवा समेत अवरुद्ध छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)