ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सर्दुको पुल सञ्चालन

२०७७ सावन, १८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । धरान उपमहानगरपालिका–२० र ११ को सीमानास्थित सर्दु खोलामा निर्माण भएको पक्की पुल सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भएको पुललाई सामान्य कार्यक्रम गरेर सञ्चालनमा ल्याइएको हो ।

यो पुल बनेपछि धरान–११ मंगलबारे चोक हुँदै विष्णुपादुकाको भञ्ज्याङ निस्कने बाटो जोडिएको छ । स्वीस सरकारको सहयोगमा रू. ८ करोड ३२ लाख लागतमा निर्माण भएको पुलको लम्बाइ १२१ मिटर र १४ बक्स सेलले बनेको छ । दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिए पनि समय अगावै पुल निर्माणको काम सम्पन्न भएको हो । पुल निर्माण सम्पन्न भइसके पनि उद्घाटन गर्न अझै समय लाग्ने बताइएको छ । तर, विष्णुपादुकावासीले वर्षाको बेला धेरै दुःख भोग्नु पर्ने भएकाले जनताको माग अनुसार उद्घाटनअघि नै पुल सञ्चालनमा ल्याइएको वडा नं २० का अध्यक्ष मणिराम राईले जानकारी दिए ।

उनका अनुसार सर्दुले धेरैको तरकारी, सामान, मोटरसाइकल समेत बगाउने गरेको थियो भने गाडी पनि फसेर हैरान बनाउँथ्यो । उनले भने, ‘हिजो गाविस हुँदादेखि यहाँ पुलको आवश्यकता महसुस भएको थियो, अहिले पूरा भएको छ, अबदेखि हामी धरानसँग जोडियौं, धरान २० लाई राहत दिएको छ ।’

पुल बनेसँगै वर्षा लागेपछि वडा २० का विद्यार्थीहरूलाई बगाउँछ कि भन्ने चिन्ताबाट मुक्ति पाएको वडा नं ११ का अध्यक्ष बाबुलाल लामाले बताए । वषौंदेखि सर्दु खोलाको बाढीबाट आजित भएका धरानको वडा नं २० विष्णुपादकावासी पुल सञ्चालनमा आएपछि हर्षित भएका छन् ।

विष्णुपादुकाकी दुर्गामाया राईले अबदेखि खोलामा डुब्न नपर्ने भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन्, ‘बल्ल बल्ला पुलबाट हिड्न पायौं, गाडी पनि हिड्न पायो, अब खोलामा डुब्न नपर्ने भयो, हाम्रो केटाकेटीहरू पनि धरान पढ्न सजिलै आउन सक्ने भए ।’ विष्णुपादुका क्षेत्रका बासिन्दहरू शिक्षा, स्वास्थ्य, व्यापार गर्न धरान बजार क्षेत्र आउनुपर्ने बाध्यता छ । वर्षाको समयमा सर्दु खोलामा आउने बाढीका कारण वर्षाैंदेखि उनीहरूले समस्या भोग्दै आएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)