ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै

२०७७ सावन, १९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar बुद्धिमान पुन

सल्यान । जिल्ला अस्पताल सल्यानमा बिरामीको चाप बढेको छ । सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन हटाएसँगै जिल्ला अस्पतालमा आउने बिरामीको संख्या बढेको हो ।

लकडाउनको अवधिमा सवारीसाधन नचलेकाले प्रसुती र आकस्मिक सेवा लिनेबाहेकका बिरामी नआए पनि लकडाउन खुलेपछि अस्पतालमा सेवा लिन आउनेहरूको संख्या दिनानुदिन बढ्दै गएको स्वास्थ्य सेवा कार्यालय सल्यानले बताएको छ ।

लकडाउनको अवधिमा दैनिक रूपमा फाट्टफुट्ट मात्रामा ओपीडीमा बिरामीहरू आउने गरेक ार्थि । तर, लकडाउन खुलेयता दैनिक ८० देखि १०० जनासम्म बिरामी आउने गरेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. भिमकान्त जैसीले जानकारी दिए ।

उनका अनुसार सल्यान जिल्ला अस्पताले प्रदान गर्ने सेवालाई स्तरीय र छिटो, छरितो तथा थप सेवाहरू पनि प्रवाह गरिरहेकाले बिरामीको चाप बढेको हो । स्तरीय प्रसुति सेवा, शल्यक्रिया (अप्रेशन) सेवा, दन्त सेवालगायत सेवाहरू अस्पतालले प्रवाह गर्दै आएको उनले बताए ।

विगतका वर्षमा जस्तो यस वर्ष अहिलेको मौसममा मौसमी प्mलू तथा झाडापखालाका बिरामीहरू भने नभएको डा. जैसीले बताए । ‘विगतका वर्षहरूमा यो समयमा दिनहुँ दर्जन बढी रुघाखोकी र झाडापखालाका बिरामीहरू उपचारका लागि आउने गर्दथे । यो वर्ष एकदमै न्यून मात्रामा त्यस्ता खालका बिरामीहरू आइरहेका छन’, उनले भने, ‘मौसमी

फ्लू सरुवा रोग भए पनि नागरिकले कोरोनाबाट बच्न सजकता अपनाएकाले यस वर्ष त्यस्तो समस्या कम देखिएको हो ।’

उनले खानपिनका कारण सरुवा रोगको संक्रमण बढी हुने भएकाले सजकता अपनाउन नागरिकलाई आग्रह गरेका छन् । साबुनपानीले नियमित हात धुन, खानेकुराहरू राम्ररी पकाएर मात्रै खान, काँचै खाने कुराहरू राम्रोसँग धोएर खान, बासी सडेगलेका झिंगा भन्केका खानेकुरा नखान, नियमित सरसरफाई गर्न, घरआँगन सफा गर्न उनको सुझाव छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)