ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संस्थानद्वारा नै खानेपानी परियोजनाको पाइपलाइन तोडफोड

२०७७ सावन, २२  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर

धरान । खानेपानी बोर्डद्वारा विस्तार गरिएको धरान–१३ स्थित सर्दु खोला मुहानमा रहेको पाइपलाइन र खर्दुको सेडिमेन्ट ट्यांकीबाट ल्याइएको खानेपानीको पाइपलाइन तोडफोड भएको छ । खानेपानी संस्थाका प्रमुखको रोहवरमै फाइपलाइन तोडफोड गरिएको हो ।

धरान खानेपानी संस्थानको सम्पत्ति तथा दायित्व धरान खानेपानी बोर्डमा हस्तान्तरण गर्न मन्त्रिपरिषद्बाट निर्णय भइसकेको छ । तर, संस्थानका प्रमुखको अगुवाइमा आइयूडीपी परियोजनाले निर्माण गरेको पाइपलाइन भने भत्काएको छ । शुरुआतदेखि नै खानेपानी संस्थानले परियोजनाको विरोध गर्दै आएको थियो । संस्थानलाई बोर्डमा समायोजन गर्न नहुने भन्दै विरोध गरिरहेका संस्थानका कर्मचारीले सार्वजनिक सम्पत्ति तोडफोड गरेका हुन् ।

आइतवार खानेपानी संस्थानका प्रमुख राम श्रेष्ठको अगुवाइमा गएको टोलीले परियोजनाले विस्तार गरेको सर्दु खर्दु मुहानमा पाइपलाइन भत्काइदिएको हो । श्रेष्ठको अगुवाइमा परियोजनाको विरोध गर्दै आइरहेको हर्क साम्पाङ, मदन राई, कृष्ण गौतमलगायतको २०–३० जनाको टोलीले पाइपलाइन भत्काएको हो ।

खानेपानी संस्थानको पाइपलाइन आइयूडीपी परियोजनाले विस्तार गर्दै ठूलो बनाएको थियो । आइतवार मात्रै निर्माण सकिएको पाइपलाइन भत्काएको परियोजना प्रमुख राजु पोख्रेलले बताए । खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले तोडफोड गरेको पोख्रेलले बताए ।

उनका अनुसार सर्दुको इन्टेक र खर्दुको सेडिमेन्टेन्सन ट्यांकीबाट फिल्टर प्लान्टमा ल्याउन जडान गरिएको पाइप तोडफोड गरी फुटाइएको छ भने अहिले फिल्टर प्लान्टमा पानी आउन पुरै बन्द भएको छ । तोडफोडबाट करीब डेढ लाख बराबरको क्षति भएको बताइएको छ ।

तोडफोड भएपछि स्थानीय प्रहरीले घटनास्थलको मुचुल्का उठाएको छ । घटनाको प्रतिवेदन नगरप्रमुखलाई बुझाएपछि नगरप्रमुखको निर्देशन अनुसार प्रक्रिया अघि बढ्ने परियोजना प्रमुख पोख्रेलको भनाइ छ ।

सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कडा कारबाही गर्न जनप्रतिनिधिहरूले माग गरेका छन् । धरान–१७ का वडाअध्यक्ष मनोज भट्टराईले राज्यको सम्पत्ति दुरूपयोग गर्नेलाइ कारबाही गर्नु पर्ने बताए ।

विरोधको नाममा ‘दादागिरी’ शुरू भएको स्थानीयहरूको आरोप छ । खानेपानी संस्थानलाई बोर्डमा गाभ्न नहुने भन्दै आन्दोलन गर्ने आन्दोलनकारी र खानेपानी संस्थानका कर्मचारीहरूको दादागिरीको अन्त्य गरिनु पर्ने स्थानीयहरू बताउँछन् । खानेपानी संस्थानकै प्रमुखको नेतृत्वमा गएको टोलीले तोडफोड गर्नु शोभनीय नभएको उनीहरूको भनाइ छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)