ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मालपोत कार्यालय सल्यानमा करीब ३ करोड राजस्व संकलन

२०७७ सावन, २३  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar बुद्धिमान पुन

सल्यान । मालपोत कार्यालय सल्यानले करीब २ करोड राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा मालपोत कार्यालयले जिल्लामा २ करोड ९४ लाख २७ हजार ७४१ रुपैयाँ राजस्व संकलन गरेको हो । कार्यालयबाट पारित हुने राजीनामा, बकसपत्र, नामसारी, अशंबण्डा, अंश भपाई, घरकायम, दृष्टिबन्धक, नाम संशो धनबाट उक्त राजस्व संकलन भएको कार्यालयका निमित्त प्रमुख महादेव कसाईले जानकारी दिए ।

उनका अनुसार यस कार्यालयबाट ३ हजार रजिष्ट्रेशन लिखत पारित भएको छ । यस अवधिमा नामसारी ३६१, अदालतको आदेशबाट १२० ओटा दाखा, नाम संशो धन १२०, शे षपछिको बकसपत्र दाखा ६ ओटा, लगत कट्टा ५ र जिल्लाको लिखत दाखा दुईओटा पास भएको उनले बताए ।

यस अवधिमा मालपोत कार्यालयबाट महिला, दलित र अपांगता भएका ७९९ जनालाई २० लाख ४५ हजार ६३९ रुपैयाँ राजस्व छूट दिइएको कार्यालयले जानकारी दिएको छ ।
निमित्त प्रमुख कसाईका अनुसार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको कारण सेवाग्राही नआएकाले लकडाउन अवधिभर राजस्व संकलन प्रभावित भएको छ, जसकारण अघिल्लो आवको तुलनामा गत आवमा राजस्व संकलनमा कमी आएको मालपोत कार्यालय सल्यानले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)