ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगर भन्सार कार्यालय : राजस्वको लक्ष्य रू. ४९ अर्ब, संकलन २८ अर्ब

२०७७ सावन, २६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको आधाभन्दा केही बढी मात्र राजस्व संकलन गर्न सकेको छ । कोरोनाका कारण लकडाउन शुरू भएपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यालयले लक्ष्यको ५७ दशमलव १३ प्रतिशत राजस्व संकलन गरेको हो ।

विराटनगर भन्सारकी सूचना अधिकृत सुनीता पौडेलका अनुसार आर्थिक वर्षमा रू. २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७६/७७ मा कार्यालयले ४९ अर्ब ६४ करोड ६० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । कोरोनाका कारण आयात निर्यात प्रभावित बनेपछि भन्सारको राजस्व संकलनमा पनि कमी आएको हो ।

विराटनगर भन्सारले भन्सार महशुलबाट २१ अर्ब २० करोड १० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा १२ अर्ब ४ करोड २९ लाखमात्रै संकलन हुन सकेको छ । त्यसैगरी मूल्य अभिवृद्धि करतर्फ २५ अर्ब ९३ करोड ५६ लाख २२ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा १४ अर्ब ६७ करोड ७४ लाख संकलन भएको छ ।

अन्तःशुल्क २ अर्ब ५० करोड ९४ लाख २४ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा कार्यालयले १ अर्ब ५५ करोड ३० लाख ६७ हजार असुल गरेको सूचना अधिकृत पौडेलले जानकारी दिइन् । लकडाउनका कारण राजस्व संकलन प्रभावित भएको उनले बताइन् ।

विराटनगर भन्सारले २०७७ वैशाखमा १ अर्ब ६ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले वैशाखमा लक्ष्यको २६ दशमलव ७० प्रतिशत मात्र भन्सार राजस्व संकलन गरेको हो, जुन अन्य महिनाको तुलनामा सर्वाधिक कम हो । वैशाखमा ३ अर्ब ९८ करोड १६ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य थियो ।

फागुनमा भने लक्ष्यको सबैभन्दा बढी ७६ दशमलव ८४ प्रतिशत राजस्व संकलन भएको थियो । यस्तै चैतमा ३७ दशमलव ७२, जेठमा ५० दशमलव ६३ प्रतिशत र असार महीनामा लक्ष्यको ५६ दशमलव ५६ प्रतिशत राजस्व संकलन भएको थियो ।

लकडाउन नहुँदाको अवस्थामा पनि भन्सार कार्यालयले फागुन बाहेक अन्य महीनामा लक्ष्यको ६० प्रतिशत हाराहारीमा मात्रै राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्षको शुरुआतदेखि नै आयात घटेकाले राजस्व संकलनमा दबाब परे पनि कोरोना महामारीले थप असर पारेपछि विराटनगरको भन्सार राजस्व लक्ष्यको तुलनामा निकै न्यून संकलन भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)