ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना संक्रमितप्रति बीपी प्रतिष्ठानको बेवास्ता

२०७७ सावन, २७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर

धरान । कोरोना संक्रमणको महामारी तीव्र बन्दै गएका बेला संक्रमितहरूले बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सेवा पाउन सकेका छैनन् । संक्रमितको संख्या बढ्दै गए पनि प्रतिष्ठानले जिम्मेवारी बहन नगर्दा धरानका कोरोना संक्रमितहरू घरमै बस्नु पर्ने बाध्यतामा छन् ।

पछिल्लो समय धरानमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । पहिलो चरणको लकडाउन खुकुलो भएपछि धरानमा कोरोना संक्रमण फैलिन थालेको हो । २ साताभित्रमा धरानमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये २४ जना समुदाय स्तरमै संक्रमित देखिएका हुन् ।

पोजेटिभ देखिएकाहरूलाई तत्काल अस्पताल लैजानु पर्ने भए पनि अस्पतालको बेवास्ताका कारण घरमै राख्न पर्ने अवस्था सृजना भएको छ । सोमवार बिहान मात्रै संक्रमण पुष्टि भएका ९ जनालाई पनि आइसोलेसनमा लैजान नसकिएको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए ।

धरानमा कोरोना संक्रमण उच्च दरमा बढिरहँदा पनि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले धराने नागरिकका लागि आफ्नो जिम्मेवारी बहन नगरेको उपमहानगर प्रमुख राई बताउँछन् । उनले भने, ‘व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र धरान उपमहानगरपालिकाले छलफलहरू चलाइरहेको छ । तर, प्रतिष्ठानबाट भने सकारात्मक पहलकदमी र जिम्मेवारी लिएको अवस्था छैन ।’

धरानमा कोरोना संक्रमण बढ्दै गए पनि प्रतिष्ठानका नेतृत्व अझै पनि सम्पर्कमा नआएको उनको गुनासो छ । संक्रमणको समस्या समाधान गर्ने प्रतिष्ठान जिम्मेवारीपूर्वक नलागेको उनले बताए । ‘स्थानीय तहबाट पहलकदमी गरिरहेका छौं, तर विज्ञ त प्रतिष्ठान नै हो, त्यसैले त्यहाँका चिकित्सक, विज्ञहरूले समन्वय गरेर स्थानीय सरकारले यस्तो गरिदिए हुन्थ्यो, सहयोग गरे हुन्थ्यो भन्ने छलफल गर्न पाएको छैन’, उनले भने ।

प्रतिष्ठानले कोरोना संक्रमण व्यवस्थापनका लागि भनेर कोभिड अस्पताल उदघाटन गरेको पनि ३ महीना भन्दा बढी भइसक्यो । तर, अस्पताल अझै पनि सञ्चालनमा आउन सकेको छैन । तयारी अवस्थामा रहेका आइसोलेसन कक्षहरू पनि व्यवस्थित गर्न नसक्दा अभाव बढ्दै गएको छ । बीपीको गैरजिम्मेवारीका कारण धरानमा संक्रमण देखिएका बिरामीहरू घरमै राख्नुपर्ने बाध्यता रहेको छ । प्रतिष्ठानको जवाफदेहिता नदेखाएपछि स्थानीय सरकारका प्रतिनिधिहरुले आइसोलेसनको विकल्प खोज्न थालेका छन् ।

बीपीमा आइसोलेसनको अभाव हुन थाले पनि स्थानीय सरकारले नै आइसोलेसनको विकल्प खोज्न थालेको धरान–१७ का वडाअध्यक्ष मनोज भट्टराईले बताए । कोरोना संक्रमण देखिएका तर लक्षण नभएका बिरामीलाई राख्न मिल्ने गरिको आइसोलेसनका लागि छलफल भएको उनले बताए ।

‘स्टेप १ का बिरामीलाई व्यवस्थापन गर्न पोजिटिभ भएको तर लक्षण नदेखिका बिरामीहरूका लागि नगरपालिकाले आफ्नो स्रोतसाधन प्रयोग गरेर भोलि मंगलवारसम्म आइसोलेसनको व्यवस्था गर्ने तयारीमा छौं, स्थानीय सरकार छ भन्ने अनुभूति गराउने छौं’, उनले भने ।

सामुदाय स्तरमै पनि पोेजेटिभ केशहरू देखिन थालेका छन् । संक्रमण देखिन साथ अस्पताल पु¥याउन सक्ने अवस्था बनिरहेको छैन । संक्रमितहरूलाई घरमै राख्नु पर्ने अवस्थाले नागरिक त्रसित बनेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)