ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्माण शुरु भएको ७ वर्षपछि सञ्चालनमा आयो रामघाट सवस्टेशन

२०७७ सावन, २९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

साउन २९, सुर्खेत । यस जिल्लको भेरीगंगा नगरपालिकामा निर्माण शुरु भएको ७ वर्षपछि रामघाट सवस्टेशन सञ्चालनमा आएको छ । कोहलपुर–सुर्खेत ३३ केभी प्रसारणलाईन अन्तर्गत रामघाट सवस्टेशनसम्म ११ केभी लाइन पुगेपछि मंगलवारबाट सञ्चालनमा ल्याईएको हो । 

विसं २०६८ सालमा निर्माण शुरु गरिएको उक्र सवस्टेसनको निर्माण कार्य विसं २०७० जेठमा सम्पन्न भएको थियो । दुई वर्षमा सम्पन्न भएको सबस्टेसन ११ केभीका तीन ओटा फिडर निर्माण गरी ६० ओटा ट्रान्सफर्मर जडान गर्न समय लागेकाले सञ्चालनमा ल्याउन ढिलाई भएको नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्र प्रमुख टंकराज गिरीले बताए । 

‘सवस्टेसनको पहिलो फिडर सञ्चालन भएको छ,’ उनले भने, ‘दोस्रो फिडर पनि केही दिनमै सञ्चालन हुँदैछ । तेस्रो फिडरको वन क्षेत्रमा समस्या भएकाले केही ढिलो हुने देखिन्छ ।’ 
उनका अनुसार सवस्टेसनबाट रामघाट–छिन्चु–हर्रे, रामघाट–दशरथपुर–कल्याण–चिङगाड र रामघाट–जहरे–बोटेचौर फिडर सञ्चालन हुनेछन् । सवस्टेसन सञ्चालन भएपछि ३३ केभी लाइन ट्यापिङ गरेर सेवा दिंदै आएकोमा अब ११ केभी लाइनबाट ग्राहकले विद्युत् सेवा पाउने उनले बताए । 

अब सुर्खेतमा लाइन ट्यापिङ गर्दा हुने ट्रिपिङको समस्या पनि समाधान हुने अपेक्षा राखिएको छ । करीब रू. ५ करोड ५० लाख लागतमा सवस्टेसन सम्पन्न भएको हो । उक्त सवस्टेसन आरके इन्टरनेशनल कम्पनीले निर्माण गरेको हो । यसको नियमन तथा अनुगमन प्राधिकरणको सुर्खेत प्रादेशिक कार्यालयले गरेको थियो । रामघाटमा सवस्टेशन सञ्चालनमा आएसँगै पूर्वी सुर्खेतका झण्डै २५ हजार ग्राहकले गुणस्तरीय र विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने अपेक्षा राखिएको छ ।

‘पूर्वी सुर्खेतका विभिन्न गाउँहरुमा ११ केभी लाइनबाट विद्युत् आपूर्ति गरिएको थियो, लामो दूरीबाट लाइन लगिएकाले  भोल्टेज ड्रप हुने, पटक–पटक लाइन ट्रिप हुनेलगायतका समस्या थिए’, केन्द्र प्रमुख गिरीले भने, ‘अब कोहलपुर ३३ केभीबाट रामघाट सवस्टेशन विद्युत् जान्छ, त्यसपछि मात्रै ११ केभीबाट वितरण गरिने हुँदा भोल्टेज सुधार हुने, प्रणालीको चुहावट घट्ने र विद्युत् आपूर्तिको विश्वसनीयता बढ्ने छ ।’ 

रामघाट सवस्टेशनबाट तीन ओटा फिडरहरु राखिएको छ । त्यसमध्ये ११ केभीका दुई ओटा फिडरहरुबाट विद्युत् आपूर्ति गरिएको उनले जानकारी दिए । लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालू आर्थिक वर्षमा थप सवस्टेशनको निर्माणसँगै स्तरोन्नती गर्ने प्राधिकरणको योजना छ । यता राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेशले सवस्टेशन निर्माणपश्चात पूर्वी सुर्खेतका नागरिकलाई ठूलो राहत मिल्ने अपेक्षा राखेको बताएको छ । 

‘हामीले वषौंदेखि लोडसेडिङ र लो भोल्टेजको समस्या झेल्दै आएका हौं, रामघाट सवस्टेशन सञ्चालनपछि यो समस्या हल हुने अपेक्षा राखेका छौं,’ मञ्चका कर्णाली प्रदेश सदस्य डिलबहादुर खत्रीले भने, ‘स्थानीयवासीलाई रोजगारी प्रदान गर्दै उद्योग कलकारखाना स्थापनाका लागि पनि सवस्टेशनले सहयोग पुर्‍याउने विश्वास व्यक्त राखेका छौं ।’ 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)