ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोब्बर मूल्यमा मल विक्री गर्ने पसल ‘सिल’

२०७७ भदौ, ३  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । संयुक्त बजार अनुगमन समिति सुर्खेतले अनधिकृत रूपमा बेचबिखन भइरहेको रासायनिक मल जफत गरेको छ । बर्दियाको मधुवनस्थित खनाल एग्रोभेटले अवैध रूपमा भारतमा निर्मित रासायनिक मल सुर्खेतको भेरीगंगा–१०, छिन्चुस्थित कमला एग्रोभेट सेन्टरलाई बेच्दै गरेको अवस्थामा जफत गरेको हो ।

मंगलवार उक्त एग्रोभेट सेन्टरबाट ६२ बोरा मल जफत गरेको छ । रासायनिक मल विक्रीवितरण गर्ने इजाजतपत्र विना नै सञ्चालित कमला एग्रोभेटले सरकारले तोकेको बजारमूल्य भन्दा दोब्बर मूल्यमा किसानलाई मल विक्री गरेको पाइएपछि अनुगमन समितिले पसल नै सिल गरेको छ ।

प्रतिबोरा रू. ८१६ मूल्य पर्ने युरिया मल रू. २ हजार ७०० देखि रू. ३ हजारसम्ममा बेचेको पाइएको छ । सोही सूचनाको आधारमा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल नेतृत्वको अनुगमन टोलीले छापा मारी पसल सिल गरेको हो । जफत गरिएको मल साल्ट टे«डिङ कर्पोरेशन शाखा सुर्खेतको गोदामका राखिएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख माधव चौधरीले बताए ।

मलको अभाव कायमै
धान रोपाइँ शुरू भएसँगै सरकारी अनुदानबाट प्राप्त रासायनिक मलको कालोबजारी बढेको छ । सरकारी अनुदानको मल, कृषि सहकारी संस्थाहरूले सिधै किसानलाई विक्री गर्नु पर्नेमा मुनाफा लिएर व्यापारीलाई विक्री गर्न थालेपछि किसान दोब्बर मूल्यमा मल किन्न बाध्य छन् ।

भारत तथा तेस्रो मुलुकबाट नेपालले खरीद गरेर ल्याएको मल, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि सहकारी संस्थामार्फत किसानलाई सरकारी अनुदानमा उपलब्ध गराउँदै आएको छ । तर, सुर्खेतमा भने कृषि सहकारी संस्थाहरूले लकडाउनको मौका छोपेर सरकारी अनुदानको मल, किसानलाई नदिएर बढी मुनाफाको लोभमा व्यपारीलाई विक्री गरिरहेको कृषकको आरोप छ ।

सुर्खेतमा हरेक वर्ष करीब ३० हजार हेक्टर धान रोपाइँका लागि ४ मेट्रिक टन रासायनिक मल अवश्यक पर्छ । तर, लकडाउनको बाहनामा कृषि सहकारीले पसलहरूमा विक्री गरेर बजार महँगो भएको हो । तर पनि धान रोपाइँ शुरू भएदेखि नै कृषकले पर्याप्त मल नपाउँदा समस्या परेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)