ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एम्बुलेन्सबाट सेवा भन्दा सास्ती धेरै

२०७७ भदौ, ३  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यान जिल्ला अस्पतालको एम्बुलेन्सबाट सेवाग्राहीले सेवा भन्दा धेरै सास्ती पाएको बताएका छन् । दैनिक बिरामीहरूको चाप हुने अस्पतालमा भरपर्दो एम्बुलेन्स नहुँदा नागरिकले महँगो शुल्क तिरेर अन्य एम्बुलेन्स तथा निजी सवारीसाधन प्रयोग गर्न बाध्य छन् ।

१५ शय्याको जिल्ला अस्पतालले बिरामीको चाप बढेपछि हाल ३५ शय्याको बनाएर सेवा प्रवाह गरिरहेको छ । यद्यपि, यो पनि पर्याप्त भइरहेको छैन । यो भन्दा पीडादायी विषय त अस्पतालको एम्बुलेन्स सेवा भएको छ । अस्पतालले अहिले करीब १४ वर्ष पुरानो एम्बुलेन्समार्फत सेवा प्रवाह गरिरहेको छ । तर, त्यो भरपर्दो नभएपछि अनेक सास्ती यहाँका बिरामी र तिनका आफन्तले बेहोर्नु परिरहेको छ ।

करीब २ महीनायता त्यो पनि अहिले ग्यारेजमा थन्किएको छ । एम्बुलेन्स मर्मत गर्दा खर्च धेरै लाग्ने र धेरै समयसम्म नचल्ने भएकाले मर्मच पनि गरिएको छैन । विगतगत केही वर्षदेखि जिल्ला अस्पतालको एम्बुलेन्स मर्मत गर्दै चलाउँदै गर्ने क्रम चल्दै आएको छ । एकै पटकमा एम्बुलेन्स मर्मत गर्दा लाखौं खर्च लाग्ने तर महीना दिन पनि सञ्चालन नहुने भएपछि समस्या भएको अस्पतालले बताएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ कुमार श्रेष्ठले जिल्ला अस्पतालमा १४ वर्ष पुरानो एम्बुलेन्सले गर्दा समस्या भएको बताए । जिल्ला अस्पतालमा नै एम्बुलेन्स सञ्चालन नहुँदा बिरामीलाई अस्पतालबाट अन्यत्र रिफर गर्न तथा घरसम्म पुर्‍याउन समस्या हुने गरेको उनको भनाइ छ ।
बिरामीलाई जिल्ला अस्पतालसँगै सुविधासम्पन्न अस्पतालसम्म पुर्‍याउन समस्या हुने गरेको नागरिकको दुःखेसो छ ।

नयाँ एम्बुलेन्स खरीदका लागि पहल थालिएको व्यवस्थापक श्रेष्ठले जानकारी दिए । ‘हामीसँग एम्बुलेन्स खरीदका लागि बजेट छैन्, तर पहल थालेका छौं’, उनले भने । उनले नयाँ एम्बुलेन्सका लागि प्रदेश सरकार तथा केन्द्र सरकारसँग माग गर्ने तयारी भइरहेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)