ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धनकुटामा जारी निषेधाज्ञा भदौ ११ गतेसम्म थपियो, शहिदभूमी गाउँपालिका सिल

२०७७ भदौ, ४  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

भदौ ४, धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिकाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको केही क्षेत्र अनिश्चितकालका लागि सिल गरिएको छ । 

बिहीवारदेखि अर्को सूचना जारी नभएसम्मका लागि गाउँपालिका कार्यालय पिप्लेदेखि थलथलेसम्मको क्षेत्र सिल गरिएको हो । कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुको पीसीआर परीक्षण गरी संक्रमण थप फैलन नदिनका लागि सो क्षेत्र सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिए । 

संक्रमितको सम्पर्कमा आएका जनप्रतिनिधि, कर्मचारीसहितका व्यक्तिहरुको शुक्रवार स्वाब संकलन गरिने भएको छ । स्वाब परीक्षणको रिपोर्ट नआउन्जेलसम्मका लागि गाउँपालिकाको कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरुसमेत बन्द गर्ने गाउँपालिकाले निर्णय गरेको छ । 

शहिदभूमी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीमा बिहीवार कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै धनकुटामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १८ पुगेको छ । जसमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

त्यस्तै धनकुटामा जारी निषेधाज्ञा आगामी भदौ ११ गतेसम्म थपिएको छ । जिल्लास्तरीय कोभिड १९ जोखिम व्यवस्थापन समिति (डिसीसीएमसी) को बिहीवार बसेको बैठकले सो निणय गरेको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए ।

उनले धनकुटा जिल्लाका छिमेकी जिल्लाहरुमा पनि कोभिड १९ समुदायस्तरमा फैलिरहेकोले पनि निषेधाज्ञा लम्ब्याउनु परेको बताए । जिल्ला प्रशासन कार्यालयले यसअघि साउन २९ गतेदेखि भदौ ४ गतेसम्म धनकुटामा निषेधाज्ञा जारी गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)