ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनताले आफ्नै लगानीमा बनाए वडा कार्यालय भवन

२०७७ भदौ, ८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

सुनसरी । नागरिकहरूको लगानीमा सुनसरीको बराहक्षेत्र नगरपालिका–३ को कार्यालय भवन निर्माण सम्पन्न भएको छ । भवन निर्माण सम्पन्न भएसँगै आप्mनै भवनबाट वडाले आफ्नो सेवा सञ्चालन गरेको छ ।

स्थानीयहरूको लगानीमा वडा कार्यालयको भवन निर्माण गरिएको सुनसरीको पहिलो वडा बनेको छ । बराहक्षेत्रको वडा नम्बर ३ मा रहेका नडाहामा निर्माण भएको कार्यालय भवन निर्माणका लागि स्थानीयले लगानी गरेका छन् । वडामा बसोबास गर्ने र विदेशमा रहेका वडावासीको आर्थिक सहयोगमा भवन निर्माण भएको हो । स्थानीयको करीब रू. २८ लाख लगानीमा ५ कोठे भवन निर्माण गरिएको हो ।

आइतवार शुभसाइत गर्दै वडाले आप्mनै भवनबाट सेवा शुरू गरेको छ । गत वैशाख २७ गतेदेखि नडाहामा भवन निर्माण कार्य शुरू गरिएको थियो । कोरोनाको संक्रमण बढ्दै गएकाले औपचारिक उद्घाटन गर्न बाँकी रहेको भवन निर्माण समितिका अध्यक्ष केशव पुरीले बताए । उनको संयोजकत्वमा भवन निर्माण समिति बनेको थियो । सुविधासम्पन्न र अपांतागमैत्री भवन निर्माण गर्न श्रमदान, आर्थिक सहयोग सबै स्थानीयहरूले नै गरेका छन् ।

भवन निर्माणका लागि नगरपालिकाले आनाकानी गर्दै अन्य स्थानमा बनाउने बताएपछि नडाहाका स्थानीयवासीले आफ्नै लगानीमा भवन निर्माण गरेका हुन् । भवन निर्माणका लागि सहयोग रकम जुट्ने क्रम अझै जारी रहेकाले भवनलाई अझै व्यवस्थित र कोठाहरू थप गरी पूर्णरूपमा सम्पन्न भएपछि मात्रै वडा कार्यालयलाई हस्तान्तरण गरिने पुरीले बताए ।
जनताले आफ्नै लगानीमा भवन निर्माण गरेर स्थानीय सरकारको कामकाजलाई सहज बनाएकोप्रति खुशी हुँदै वडाअध्यक्ष रुद्र दाहालले जनता आप्mनो विकासको निम्ति कति आतुर रहेछ भन्ने एउटा उदाहरण बनेको बताए ।

केही वर्षअघिसम्म नडाहा चोक आउन मान्छेहरू डराउँदथे । दुर्व्यसनीहरूको भेला हुने, लुटपाट हुने र बढी झैझगडा हुने टोलको रूपमा परिचित बनेको थियो नडाहा । पछिल्लो समयको विकासक्रमले गति लिएसँगै यहाँको वातावरण पनि सुधार हुँदै गएको छ । आप्mनो एक छाक कटाएर वडा कार्यालय भवन निर्माणका लागि आर्थिक सहयोग गरेको स्थानीय राणाहाँग लिम्बु बताउँछन् । उनले भने, ‘हाम्रो सिंहदरबार घरमै आएको भान भएको छ र आगामी दिनमा यहाँबाट कामकाज गर्न सजिलो हुने विश्वास लिएको छु ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)