ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाढीपहिरोले बाफुखोलाबासीको बिचल्ली

२०७७ भदौ, ९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । गत बुधवार राती आएको बाढीपहिरोका कारण सल्यानको बागचौर नगरपालिका–१२ बाफुखोलाका स्थानीयको बिचल्ली भएको छ । अविरल वर्षासँगै रातको समयमा एक्कासी आएको वाढीपहिरोले घरबार बगाएपछि उनीहरूको बिचल्ली भएको हो । बाढीपहिरोले घर नै बगाएपछि केही घरपरिवार छिमेकीको घरमा बस्दै आएका छन् भने केही विद्यालयमा बस्दै आएका छन् ।

पीडित वीरसिंह डाँगीले बाढीपहिरोका कारण घरबारविहीन भएपछि आपूmहरू छिमेकीको घरमा बस्न बाध्य भएको बताए । ‘हामी बस्दै आएको २ ओटै घर पहिरोले बगायो, भएको सबै सम्पत्ति पनि बचाउन सकिएन, अहिले छिमेकीको घरमा शरण लिएर बसेका छौं’, उनले भने, ‘रातको २ बजे पहिरो आएपछि हामी भागेर बाँच्न सफल भयौं, अहिले हामीसँग एकसरो कपडाबाहेक केही छैन् ।’ उनले आप्mनो ६ जनाको परिवार छिमेकीको बस्दै आएको सुनाए ।

यस्तै अर्का पीडित सूर्यराज ओलीले पहिरोका कारण घरबारविहीन भएपछि आपूmहरू छोराको घरमा बस्न थालेको बताए । घरमा बस्न सक्ने अवस्था नभएपछि छोराको घरमा बस्दै आएको भए पनि अहिलेसम्म कुनै पनि निकायले आफूहरूको वास्ता नगरेको उनको भनाइ छ । ‘हामीलाई तत्कालका लागि खान र बस्नको प्रबन्ध आवश्यक भएको छ ।’

भदौ ३ गते आएको बाढीपहिरोले बागचौर नगरपालिका–१२ बाफुखोलाका ३ ओटा घर पूर्णरूपमा क्षति भएको छ भने करीब २०० घर पहिरोको उच्च जोखिममा परेका छन् । बाढी पहिरोले घरमा क्षति पुर्‍याएपछि २५ घरपरिवार विद्यालय र बाँकी छिमेकीको घरमा बस्दै आइरहेको वडाध्यक्ष दिपक ओलीले जानकारी दिए ।

राहत लिएर बाफुखोला पुगे मन्त्री ज्वाला
यसैबीच कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बाफुखोलाका बाढीपहिरोपीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका छन् । कर्णाली प्रदेश सरकारको तर्फबाट अर्थमन्त्री ज्वालाले बाढीपहिरोपीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

बाढीपहिरो प्रभावित क्षेत्र बाफुखोलामै पुगेर ज्वालाले पीडितका लागि राहत सामग्री वडाअध्यक्ष दिपक ओलीलाई हस्तान्तरण गरेका हुन् । राहत लिएर बाफुखोला पुगेका मन्त्री ज्वालाले जनताको सुखमा मात्रै नभएर दुःखमा पनि प्रदेश सरकार रहेको बताए । कोरोना भाइरस र सलह कीराले आक्रान्त बनाएको अवस्थामा फेरि बाढीपहिरोले झन् समस्या थपिदिएको बताउँदै उनले पीडित परिवारका समस्या बुभ्mन र पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्न आफू बाफुखोला पुगेको बताए ।

प्रदेश सरकारले पीडितका लागि चामल, त्रिपाल, कम्बल, म्याट, झुललगायत सामग्री हस्तान्तरण गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)