ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डायलासिस गरेका व्यक्तिमा कोरोना संक्रमण, सम्पर्कमा रहेका स्टाफ नर्सहरु चिन्तित

सिनियरको लापरवाहीले डायलासिस क्षेत्रमा कोरोना संक्रमण

२०७७ भदौ, ९  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

भदौ ९, धरान । गत शुक्रवार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागमा डायलासिस गराएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा कार्यरत स्टाफ नर्सहरु चिन्तित बनेका छन् । 

कोरोनाको लक्षण देखिएका व्यक्तिको दुई दिन पछि आएको रिपोर्ट पोजिटिभ देखिएको छ । त्यस बिचमा धेरै जना बिरामीहरुको डायलासिस गरिएको छ भने काम गर्ने स्टाफ नर्स सहित अन्य कर्मचारीहरु पनि बिरामीको सम्पर्कमा रहेका छन् । 

तर प्रतिष्ठानले उनीहरुको सुरक्षाको निम्ति कुनै पनि व्यवस्थापन नगरिदिएको डायलासिस कक्षमा कार्यरत स्टाफ नर्सहरुको गुनासो छ । नयाँ व्यक्तिको कोरोना परीक्षण नगरी डायलासिस गर्दा अहिले अन्य बिरामीहरुको पनि डायलासिस सेवा रोकिएको छ ।

कोरोना जोखिमको अवस्थामा त्रसित मनले काम गर्ने मनस्थिती नै नरहेको नर्सहरु बताउँछन् । इमरजेन्सी कक्षमा आएका बिरामीको हिस्ट्रीको बारेमा जानकारी हुँदा हुँदै पनि डायलासिस गर्न निर्देशन दिएकै कारण अहिले डायलासिसमा काम गर्ने १५ जना एक्सपोज भएको स्टाफ नर्स संगिता चौधरीले बताइन् । 

उनले भनिन्, ‘बिरामीलाई फिवर छ भन्ने थाहा हुँदा हुँदै पनि पीसीआर जाँच नै नगरि सिनियरले डायलासिस गर्नु भने पछि हामीले डायलासिस गयौ अहिले समस्या आएको छ ।’ 

बिरामीलाई लक्षण देखिदा पनि पीसीआर परीक्षण भएन । इमरजेन्सीबाटै व्यवस्थापन गर्न सकेको भए यो समस्या नआउने उनले बताइन् । डायलासिसमा बिरामीको अवस्थाको बारेमा विभागिय प्रमुख देखि मेट्रोन सम्मलाई जानकारी गराईसकेका छन् । तर सबैले एकले अर्कोलाई देखाउँदै पन्छिएको उनले बताईन् । 

उनले भनिन्, ‘मेट्रोन भनेको हाम्रो गार्जेन हो, उहाँलाई समस्या सुनाउँदा यस्तो बोल्नु भयो कि भन्न पनि गाह्रो लाग्छ, तिमीहरुको बच्चा बुच्ची बुढालाई घर पठाइदेउ, तिमीहरु मात्रै आफ्नो क्वाटरमा आइसोलेटेड भएर बस, हामी कसरी बस्ने, क्वाटरको व्यवस्था हाम्रो छैन । डायलासिसका सबै स्टाफहरु कोरोना संक्रमणको जोखिममा रहेकाले अन्य बिरामीलाई सेवा दिन नसकिने उनले बताइन् । 

बिरामीसँगको पहिलो सम्पर्कमा रहने स्टाफ नर्सहरु अहिले मानसिक तनावमा रहेका छन् । उनीहरुको अहिलेसम्म पीसीआर टेस्ट पनि गरिएको छैन । उनीहरु आफै संक्रमणमा परेका छन् की वा उनीहरुका परिवारमा संक्रमण फैलिई सकेको छ भन्नेमा उनीहरु चिन्तित रहेका छन् । 

ड्युटीमा काम गरिरहेका स्टाफहरु मानसिक र शारिरिक तनावमा रहेको मेडिसिन विभागकी स्टाफ नर्स जुनुकला राई बताउँछिन् । कोरोनाकै समयमा पनि ४ महीनादेखि निरन्तर ड्युटीमै रहँदा पनि अहिलेसम्म पीसीआर परिक्षण नगराएको उनले गुनासो गरिन् । उनले भनिन्, ‘डाइलासिसमा आएर बसिरहेको छौं, अहिले पनि के गर्ने कहा जाने, बस्ने के खाने व्यवस्था केहि पनि छैन ।’ 

प्रतिष्ठानले व्यवस्थित गरिदिए स्टाफ पनि सुरक्षित हुने र बिरामीहरु पनि सुरक्षित हुने उनले बताइन् । उनले भनिन्, यतिकै हामि मास्कको भरमा काम गर्छौ, हामि सेफ छैनौ, हामीले हेर्नुपर्ने केशहरु १७ देखि २१ जना सम्म हुन्छ, उहाँहरुलाई हामि टच गर्छौ टच गरिसकेपछि सर्ने सम्भावना हुन्छ, नि त यस्ता समस्याहरु कहिलेसम्म भोग्ने ।’

अहिले डायलासिस सेवा रोक्नुको कारण पनि कोरोना सक्रमण देखिएका व्यक्तिको डायलासिस गरिएकाले रहेको नर्स अनिता राजवंशीको भनाइ छ । अहिले पूरै कोठा नै संक्रमण भएकाले रोक्नु परेको उनले बताइन् । उनले भनिन्, पालोमा आउनु भएकाहरुलाई डायलासिस गरिए उहाँहरुमा पनि सर्ने खतरा भएकाले रोकेको हौं, सफाई गरिसकेपछि खोल्छौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)