ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतबाट फर्किएका ८६ प्रतिशतमा कोरोना संक्रमण पुष्टि

२०७७ भदौ, १५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

भदौ १५, सल्यान । सल्यानमा कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये ८६ प्रतिशतभन्दा बढी भारतबाट फर्किएका व्यक्तिहरु रहेका छन् । 

सल्यान जिल्लाभर भेटिएका कोरोना संक्रमितहरुमध्ये ८६ दशमलव ६२ प्रतिशत भारतबाट फर्किएका रहेका छन् । जिल्लामा हालसम्म २९९ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ८६ दशमलव ६२ प्रतिशत अर्थात् २५९ जना भारतबाट फर्किएका व्यक्तिहरु रहेका छन् । यस्तै ८ दशमलव शून्य २ प्रतिशत अर्थात् २४ जना तेस्रो मुलुकबाट फर्किएका व्यक्तिहरु रहेका छन् । यस्तै ५ दशमलव ३५ प्रतिशत अर्थात १६ जना स्थानीय एवम् देशका विभिन्न ठाँउबाट फर्किएका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जानकारी दिएको छ ।

जसमा सबैभन्दा धेरै बन्गाड कुपिण्डे नगरपालिकामा कोरोना संक्रमित भेटिएका छन् । यस नगरपालिकामा १८२ जना भारतबाट फर्किएका, ३ जना तेस्रो मुलुकबाट र १ जना स्थानीयसहित १८६ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै बागचौर नगरपालिकामा भारतबाट फर्किएका १३ जना, तेस्रो मुलुकबाट फर्किएका ५ जना र स्थानीय १ जना गरेर १९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै शारदा नगरपालिकामा तेस्रो मुलुकबाट फर्किएका ३ जना, स्थानीय २ जना र भारतबाट फर्किएका १ जना गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै कुमाख गाउँपालिकामा भारतबाट फर्किएका ३५ जना, २ जना स्थानीय र तेस्रो मुलुकबाट फर्किएका १ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै दार्मा गाउँपालिकामा १३ जना भारतबाट फर्किएका, ३ जना स्थानीय र २ जना तेस्रो मुलुकबाट फर्किएका गरेर १८ जना, त्रिवेणी गाउँपालिकामा भारतबाट फर्किएका ५ जना र तेस्रो मुलुकबाट फर्किएका ४ जना गरेर ९ जना र कालीमाटी गाउँपालिकामा तेस्रो मुलुकबाट फर्किएका ४ जना, भारतबाट फर्किएका ३ जना र स्थानीय २ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सिद्धकुमाख गाउँपालिकामा ३ जना भारतबाट फर्किएका र १ जना स्थानीय सहित ४ जना, छत्रेश्वरी गाउँपालिकामा भारतका फर्किएका २ जना र तेस्रो मुलुकबाट फर्किएका २ जना सहित ४ जना, कपुरकोट गाउँपालिकामा २ जना स्थानीय र २ जना भारतबाट फर्किएका सहित ४ जनामा संक्रमण पुष्टि भएको छ । 

सल्यानमा भेटिएका कोरोना भाइरस संक्रमितमध्ये हालसम्म २५७ जना संक्रमित संक्रमण मुक्त भएर घर फर्किएका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए । उनले जिल्लामा भेटिएका बाँकी ४३ जना संक्रमित आइसोलेशनमा उपचाररत रहेको जानकारी दिए । ती संक्रमितहरु लुहापिङ आइसोलेशन, बन्गाड आइसोलेशन र भोटेचौर आइसोलेशनमा उपचाररत रहेका छन् । 

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन यता भारतसहित तेस्रो मुलुकबाट झण्डै १५ हजार नागरिक जिल्लामा भित्रिएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)