ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२ वर्षमै बिग्रिए सडक बत्ती

२०७७ भदौ, १६  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानको सदरमुकाम खलंगामा जडान गरिएका सडक सौर्य बत्ती बल्न छाडेका छन् । खलंगामा रातिको समयमा हुन सक्ने अप्रिय घटनामा कमी ल्याउने तथा स्थानीय नागरिकलाई हिँडडुलमा सहज बनाउने उद्देश्यले शारदा नगरपालिकाले सडक बत्ती जडान गरेको थियो ।

सौर्य बत्ती जडान गरेको २ वर्षमै बिग्रिएका छन् । अहिले केही बत्ती बल्नै छाडेका छन् भने केही बत्ती ४–६ घण्टा मात्र बल्छन् । बत्ती जडान गरेपछि नियमित चेकजाँच तथा मर्मतसम्भार नहुँदा बल्न छोडेका हुन् ।

नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा सौर्य बत्ती जडान गरेको थियो । सडकमा उक्त बत्ती जडान गर्दा सदरमुकामवासी निकै उत्साहित नगरवासी अहिले निराश भएका छन् । साविकको जिल्ला भू¬संरक्षण कार्यालय अगाडि जडान गरिएको सौर्य बत्तीले काम गर्न छोडेको छ ।

त्यस्तै अन्य स्थानमा जडान गरिएका बत्तीले पनि राम्रोसँग काम गर्दैन । तत्कालीन समयमा सदरमुकाम खलंगामा गणेशस्थान देखि डाँडागाँउसम्म पाँचओटा सौर्य बत्ती जडान गरिएको थियो । अहिले थप सडक बत्ती सदरमुकाम खलंगासँगै श्रीनगर, बजार, शान्तिनगर लगायत बजार क्षेत्रमा जडान गरिएको छ । शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बिग्रिएका सौर्य सडक बत्तीको मर्मत गरिने बताए । नगरपालिकाले संरचना निर्माण गरिदिने र स्थानीयले त्यसको मर्मत सम्भार तथा रेखदेख गर्नुपर्ने बताउँदै उनले बिग्रिएका बत्तीको मर्मत गरिने जानकारी दिएका हुन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)