ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उत्पादन निर्यात गर्दै नेपालको पहिलो सेनिटरी उद्योग

आयात निरुत्साहन गरी स्वदेशी उद्योग बचाउन माग

२०७७ भदौ, २५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । १४ वर्षअघि स्थापना भएको नेपालकै पहिलो सेनिटरी उद्योग जस्मिन हाइजिनले भारतसहित विभिन्न मुलुकमा आफ्नो उत्पादन निर्यात गर्दै आएको छ । उद्योगले अफ्रिकी र अमेरिकी समेत गरी आठओटा मुलुकमा नेपाली उत्पादन पठाउँदै आएको छ ।

नेपालमा विराटनगरको अलावा बुटवलमा पनि सेनिटरी उत्पादन गर्ने अर्काे उद्योग छ । तर पछिल्लो समय बहुराष्ट्रिय कम्पनीको आक्रामक बजार विस्तार र अवैध रूपमा हुने आयातका कारण यस्ता उद्योग समस्यामा परेका छन् । भारतीय लगायत विदेशी कम्पनीका सेनिटरी उत्पादन भन्सार छलेर आएपछि स्थानीय उत्पादनलाई बजारमा टिक्न मुश्किल भएको जस्मिन हाइजिनका सञ्चालक पुनीत शारडाले बताए ।

उक्त उद्योगले सामाजिक दायित्व अन्तर्गत विराटनगरका विद्यालयका छात्राहरूलाई सेनिटरी प्याड वितरण गर्दै आएको छ । तर स्थानीय तहले विद्यालयका छात्रालाई वितरण गर्ने सेनिटरी प्याड विदेशी हुने गरेकाले स्थानीय उत्पादनको उपेक्षा गरिएको उनको गुनासो छ । ‘मल्टिनेशनल कम्पनीले सामाजिक दायित्व पनि निर्वाह गर्दैनन्,’ उनले भने, ‘आक्रामक विज्ञापन गरेर उनीहरूले बजार ओगटेका छन् ।’

सरकारले नेपालका सेनिटरी उद्योगहरूलाई प्रोत्साहन गर्न कच्चापदार्थमा छूटको व्यवस्था र बहुराष्ट्रिय कम्पनीका तयारी वस्तुमा १५ प्रतिशतबाट ३० प्रतिशत कर निर्धारण गर्नुपर्ने सञ्चालक शारडाले बताए । वैदेशिक मुद्रा आर्जन गर्ने उद्योगलाई बचाउन आयात निरुत्साहन गर्ने नीति सरकारले ल्याउनुपर्नेमा उनले जोड दिए ।

उक्त उद्योगबाट आर्थिक वर्ष २०७५/२०७६ मा रू. १ करोड ८० लाखको सेनिटरी प्याड, नेकपिन, नेकपिन लाइनर, डाइपर लगायत निर्यात भएको थियो । यही वर्ष विभिन्न मल्टिनेशनल कम्पनीका ६ करोड ३६ लाख बराबरको सेनिटरी लगायत सामग्रीको आयात भएको छ, जसबाट १ करोड ९३ लाख राजस्व संकलन भएको तथ्यांक छ ।
यस्तै आर्थिक वर्ष २०७६/२०७७ मा नेपालबाट रू. १ करोड ९ लाख ९७ हजार बराबरको सेनिटरी प्याड, नेकपिन र डाइपर निर्यात भएको थियो भने ६ करोड ४७ लाख बरारको आयात भएको थियो । यसबाट १ करोड ९९ लाखको राजस्व संकलन भएको थियो ।

लकडाउन, निषेधाज्ञा लगायत कारण चालू आवको शुरुआती महीनामा नेपालबाट सेनिटरीको निकासी घटेको छ । साउनयता रू. २ लाख २६ हजार बराबरको मात्र निकासी भएको छ भने ५ करोड ६ लाख ८१ हजारको आयात भएको छ, जसबाट १ करोड ५१ लाखको राजस्व संकलन भएको विराटनगर भन्सार कार्यालयले बताएको छ ।

अघिल्ला वर्षहरूमा वार्षिक रूपमा आयात हुने परिमाण बराबर योपटक २ महीनाभित्रै आयात भएको छ । लकडाउनका कारण बजारमा अभाव हुने भएकाले व्यवसायीले एकैपटक धेरै सामग्री आयात गरेको हुन सक्ने भन्सार प्रमुख शिव भण्डारीले बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)