ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अतिविपन्न तथा लक्षितवर्ग विशेष कार्यक्रम सञ्चालन

२०७७ भदौ, ३०  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानमा अतिविपन्न तथा लक्षितवर्ग विशेष कार्यक्रम सञ्चालन गरिएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कार्यक्रम कृषि विकास कार्यालय सल्यानले जिल्लाका २ ओटा गाउँमा सञ्चालन गरेको हो । अति विपन्न समुदायलाई आयआर्जनका क्रियाकलापमा सहभागी बनाउँदै उनीहरूको जीवनस्तरमा सुधार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

सल्यानबाट निर्वाचित प्रदेश सभासदस्य प्रकाश ज्वाला र गुलावजंग शाहको सिफारिसमा जिल्लाका अतिविपन्न समुदायमा कार्यक्रमा सञ्चालन गरिएको हो । जसअन्र्तगत प्रदेशसभा ‘ख’ का सांसद एवं आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाको सिफारिसमा त्रिवेणी गाउँपालिका–१ कोलचौर र प्रदेशसभा ‘क’ का सांसद शाहको सिफारिसमा सिद्धकुमाख गाउँपालिका–३ डाँडाकटेरीमा कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रम कार्यान्वयनका लागि आर्थिक वर्ष ०७६/७७ मा दुबै क्षेत्रमा रू. ४० लाखका दरले रकम प्राप्त भएको थियो । सोहीअनुसार अतिविपन्न तथा लक्षित समुदायको सक्रिय सहभागितामा जिल्लाका २ ओटै गाउँमा कार्यक्रम सञ्चालन गरिएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार त्रिवेणी गाउँपालिकाका ९० घरपरिवार लाभान्वित भएका छन् । मगर, क्षेत्री र दलित समुदायको बसोबास भएको कोलचौरमा २६४ ओटा बाख्रा, ७ ओटा बोयर बोका, १० ओटा बंगुरका पाठापाठी वितरण गरिएको छ । यस्तै २ हजार ७०० ओटा कागतीका बिरुवा र सोही संख्यामा टिमुर तथा डालेघाँसका बिरुवा समेत वितरण गरिएको छ ।

यस्तै सिद्धकुमाख गाउँपालिकाका ५७ घरपरिवार लाभान्वित भएका छन् । दलित समुदायको बस्ती रहेको डाँडाकटेरीमा सिँचाइका लागि ३ ओटा सिँचाइ ट्यांकी निर्माण गरिनाका साथै ३ किलोमिटर टाढाबाट पानी ल्याएर पिउने तथा सिँचाइको व्यवस्था गरिएको छ । यस्तै ८० ओटा बाख्रा, ३ ओटा बोयर बोका र ४८ ओटा बंगुरका पाठापाठी उक्त गाउँपालिकामा वितरण गरिएको सूचना अधिकारी बस्नेतले बताए ।

यस्तै ३७ ओटा बाख्रा खोर निर्माण, ३ ओटा खोरको मर्मत एवं बंगुरका खोर निर्माण तथा कागती र टिमुरका गरेर १ हजार ८०० ओटा बिरुवा वितरण गरिएको छ । तरकारीको बीउ, औजार तथा किटनाशक विषादी, घाँसको बीउ तथा खेतीसम्बन्धी तालीम समेत प्रदान गरिएको कार्यालयका सूचना अधिकारी बस्नेतले जानकारी दिए ।

कार्यक्रमले न्यून आय भएका दलित परिवारको स्वरोजगारको ढोका खोलेको उनको भनाइ छ । विपन्न परिवारलाई आयआर्जनका कार्यमा सरिक बनाउँदै आर्थिक स्तरमा सुधार ल्याउन यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बस्नेत बताउँछन् । अबको केही वर्षमा कार्यक्रम सञ्चालन गरिएको गाउँका स्थानीयले आम्दानी गर्न शुरू गर्ने कृषि विकास कार्यालय सल्यानले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)