ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लामो दूरीका गाडीले यात्रु पाएनन्

२०७७ असोज, ५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर

धरान । देशैभर सार्वजनिक यातायात खुले पनि धरानबाट छुट्ने बस यात्रु नभएपछि कम संख्यामा सञ्चालनमा आएका छन् । लामो समयदेखिको बन्दाबन्दीका कारण ग्यारेजमै थन्किएका सवारी साधन खुल्न थाले पनि यात्रु नपाउँदा कम संख्यामा चलाउनु परेको यातायात व्यवसायीले बताएका हुन् ।

कोरोनाको महामारीलाई नियन्त्रण गर्न गत चैत ११ देखि ठप्प रहेका सवारीसाधन बिहीबारदेखि सञ्चालनमा आएका थिए हुन् । सुरक्षा मापदण्ड पूरा गरेर सवारी साधन सञ्चालनमा ल्याए पनि यात्रु पाउन नसकिएको यातायात व्यवसायीहरूले बताए ।

‘यात्रु नपाउँदा सवारी साधनको खर्चसमेत उठाउन हम्महम्मे पर्ने देखियो’, सवारी चालक रामबहादुर विक भन्छन्, ‘बिहानदेखि गाडी लिएर बसेको छु । मान्छे नै आउँदैनन् ।’
सामान्य अवस्थामा धरानबाट करिब १ सय वटा लामो तथा छोटा दूरीका सवारी साधन सञ्चालनमा आउने गरेका थिए । तर, अहिले दैनिक करिब १५ वटासम्म मात्रै यात्रुवाहक बस सञ्चालनमा छन् ।

कोरोनाको महामारीमा थन्किएका सवारीसाधन सञ्चालन हुँदा खुसी लागे पनि यात्रु नै नपाउँदा व्यवसाय थप मारमा परेको सप्तकोशी यातायात प्रालिका सचिव हरि थापाले बताए ।
‘यातायात व्यवसायीहरूले सरकारले तोकेको मापदण्डअनुसार सुरक्षा अपनाएका छन् । गाडीलाई सेनिटाइज गर्ने, गाडीमा प्रवेश गर्दा यात्रुलाई अनिवार्य मास्क लगाउने व्यवस्था गरेका छौं । एक सिटमा एक जना मात्रै बस्ने व्यवस्था पनि छ । तर, यात्रु नै नआएपछि कसरी गाडी चलाउने भन्ने पिरलो छ’, थापाले भने ।

लामो समयदेखि ग्यारेजमै सवारी साधन थन्काउनु परेकाले व्यवसायीलाई आर्थिक भार कम गर्न करमा छुट दिनुपर्ने उनको माग छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)