ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोशी राजमार्ग : रुद्रबारी–गुठीटार सडक खण्डमा घण्टौं जाम

२०७७ असोज, ५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

धनकुटा । कोशी लोकमार्ग अन्तर्गत धनकुटाको रुद्रबारी–गुठीटार सडक खण्डको खुरिलामा सडक पहिरोले घण्टौंसम्म जाम हुने गरेको छ । नियमित रूपमा परिरहेको वर्षाका कारण उक्त सडक खण्डको खुरिलामा पहिरो झर्ने क्रम रोकिएको छैन । पछिल्लो समय एक हप्ताअघिदेखि परेको अविरल वर्षाले पुनः सडक भासिनुको साथै माथिबाट पहिरो झर्न थालेपछि यात्रुले सास्ती खेप्नु परेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काका अनुसार पानी पर्न थालेपछि सडकजाम हुने गरेको छ । यसले यात्रु, सवारीचालकका साथै ट्राफिक प्रहरीलाई समेत सास्ती हुने गरेको छ । करीब २ महीनादेखि झर्न थालेको पहिरो र भासिएको सडकले आवतजावत असहज बनेको उनको भनाइ छ । सवारी आवतजावत गर्ने क्रममा मालवाहक ट्रक चिप्लो सडकमा पछि सर्दा दुर्घटना समेत भएको उनले बताए ।

डिभिजन सडक कार्यालय धनकुटाका प्रमुख दानकुमार शाक्यले सडक नियमित मर्मत गरे पनि भासिइरहेकाले यात्रामा जोखिम कायमै रहेको बताए । सडकको माथिबाट पहिरो झर्ने र तलबाट बग्ने क्रम नरोकिएको उनको भनाइ छ । निरन्तरजसो पानी परेकाले सडक बढी मात्रामा हिलो भएकाले बढी जाम भएको उनले बताए ।

सडक विभागले भासिएको सडक बनाएर सवारीसाधन सञ्चालनको व्यवस्था मिलाएको छ । तर हिलाम्मे सडकमा सवारीसाधन घण्टौंसम्म फस्दा सडक जाम हुने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)