ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाढीपहिरोले सल्यानको कृषिक्षेत्रमा १ करोडभन्दा बढीको क्षति

२०७७ असोज, ७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । बाढीपहिरोले सल्यानको कृषि क्षेत्रमा मात्र रू. १ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । साउनयता बाढीपहिरोले जिल्लाको कृषिक्षेत्रमा रू. १ करोड २९ लाखबराबर क्षति भएको कृषि विकास कार्यालय सल्यानले बताएको छ ।

कार्यालयका अनुसार जिल्लाका ४ सय १५ किसान बाढीपहिरोको प्रत्यक्ष मारमा परेका छन् । बाढीपहिराले १ हजार ३ सय ४० रोपनीमा लगाइएको कृषिबालीमा क्षति भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए ।

साउनयता बाढीपहिरोले ३ हजार ६ सय ९९ मुरी खाद्यान्न नष्ट भएको उनले बताए । ‘कृषितर्फ बालीनालीको उत्पादनको आधारमा १ करोड २९ लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ,’ उनले भने ।

बाढी पहिरोले जिल्लामा बागचौर नगरपालिका, छत्रेश्वरी गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकामा सबैभन्दा बढी क्षति पु¥याएको छ । पहिरोले जिल्लाभर २९ हजार ३ सय ६३ विभिन्न बोटविरुवा नष्ट गरेको छ भने ५ सय ३० क्विन्टल आलु, अदुवा र तरकारीमा नष्ट भएको तथ्यांक आएको सूचना अधिकारी बस्नेतले जानकारी दिए । जिल्लामा विपद्बाट क्षति पुगेका ६२ जनालाई राहत वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले बताएको छ । आगलागी, बाढी पहिरो, चट्याङ लगायत विपद्बाट क्षति भएका ६२ घरधुरीलाई ७० लाख ५ हजार राहत वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।

बाढीले बगाउँदा एक जना अझै बेपत्ता रहेका छन् । बनगाड कुपिण्डे नगरपालिकाको नाथेखोलामा पुल निर्माण गर्ने फिल्ड सुपरभाइजर बनगाड खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)