ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बस चले, चढेनन् यात्रु

२०७७ असोज, १५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । सुर्खेतबाट विभिन्न गन्तव्यमा यातायातका साधन सञ्चालनमा आए पनि यात्रुको संख्या न्यून रहेको पाइएको छ । सुर्खेतमा सवारीसाधन सञ्चालन भएको दुई हप्ता पुग्नै लाग्दा समेत सवारीसाधन रित्तोप्रायः चलेका छन् ।

सरकारले सवारीसाधनको कुल क्षमताको आधा यात्रु राखेर चलाउन दिने निर्णय गरे पनि तोकिएको क्षमता भन्दा न्यून यात्रुहरू हुने गरेको यातायात व्यवसायी बताउँछन् । सुर्खेतका यातायात व्यवसायी रमेशकुमार सापकोटाले यात्रु नै नभएपछि आपूmहरू निराश भएको गुनासो गरे । ‘बस त चले, तर यात्रुहरू चढ्न अप्ठ्यारो मान्छन् । निर्बाध यात्रा गर्ने वातावरण मिलेको छैन,’ उनले भने, ‘सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर चलाउँदा गाडीको किस्ता तिर्न नसक्ने अवस्था छ ।’

सापकोटाका अनुसार सुर्खेतबाट चल्ने लामो मात्रै नभई छोटो दूरीका सवारीसाधनले समेत यात्रु पाउन सकेका छैनन् । ६ महीना लामो लकडाउन खुले पनि सवारीसाधनमा चढ्ने मानिसको चहलपहल नहुँदा लगानी डुब्ने चिन्ता बढेको उनले बताए ।

यस्तै देउती नागरिक यातायात व्यवसायी संघका अध्यक्ष कमल खड्काले यात्रु नै नपाएपछि सञ्चालन घाटा भएको बताए । उनले यातायात क्षेत्र सञ्चालनमा आएपछि खुशी भएका यातायात व्यवसायी यात्रु अभावले निरुत्साहित भएको उनको भनाइ छ । लामो समय बन्द रहेको यातायात क्षेत्र सञ्चालनमा आएपछि अन्य क्षेत्र पनि सञ्चालनमा ल्याउन उनले सरकारसँग माग गरे । ‘सबै क्षेत्र सञ्चालनमा आएपछि मात्रै यातायात सञ्चालन गर्न सहज हुन्छ,’ उनले, ‘अहिले त घाटामै गाडी गुडाउनु परेको छ ।’ यातायात व्यवसायीलाई बैंकको ब्याज मिनाहा गरेर सहयोग गर्न समेत उनले सरकारसँग आग्रह गरे ।

त्यसैगरी अर्का यातायात व्यवसायी जीवन शर्माले सञ्चालन भएको यातायातलाई थप व्यवस्थित गर्न माग गरे । ‘यातायात सञ्चालन सहज नबन्दा सम्बद्ध मजदूरहरू समेत मारमा परेका छन्,’ उनले भने, ‘विपन्न र गरीबलाई स्थानीय सरकारले राहत दिए पनि यातायात मजदूर माथि कसैको ध्यान पुगेन ।’ यातायात व्यवसायीसँगै यातायात मजदूरलाई समेत सरकारले विशेष राहत उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)