ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतमा राष्ट्रिय परिचयपत्र वितरणको तयारी

२०७७ असोज, १६  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आउँदो सातासम्ममा राष्ट्रिय परिचयपत्र वितरण शुरू गर्ने तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले परिचयपत्र वितरण छिट्टै शुरू गरिने बताएको छ । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले राष्ट्रिय परिचयपत्र वितरण कार्यको सम्पूर्ण तयारी पूरा भए पनि कोरोना महामारीका कारण ढिलाइ भएको बताए ।

आवश्यक सामग्रीसँगै कर्मचारी व्यवस्थापन पूरा भइसकेकाले अबको केही दिनमै वितरण गरिने जानकारी उनले दिए । ‘जिल्लाका १६ वर्षदेखि माथि उमेर पुगेका नागरिकले जैविक तथा व्यक्तिगत विवरण र राष्ट्रिय परिचय नम्बर उल्लेख भएको कार्ड पाउनेछन्,’ उनले भने । अहिले सम्पूर्ण आवश्यक उपकरणसहित जनशक्ति समेत उपलब्ध भइसकेकोले विवरण संकलनको काम अब केही दिनमै शुरू गरिने उनको भनाइ छ ।

परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति स्वयम् आफ्नो सक्कलै नागरिकता र सम्भव भएसम्म बुवा –आमाको समेत सक्कलै नागरिकता लिएर जिल्ला प्रशासन कार्यालय आउनुपर्ने उनले बताए । जिल्ला प्रशासन कार्यालयबाट शुरू हुने परिचयपत्र वितरण कार्य केही समयपछि जिल्लाका हरेक पालिकामा पु¥याउनेगरी तयारी भइसकेको उनले जानकारी दिए । उनका अनुसार परिचयपत्रमा व्यक्तिगत विवरणका साथै १० ओटा औंलाको छाप, आँखाको रेटिनाको डिजिटल तस्वीर, परिचय नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षर र चिप्स जस्ता विवरण समावेश हुनेछन् ।

राष्ट्रिय परिचयपत्र पाउन १६ वर्ष उमेर पूरा भएको र नेपाली नागरिकताको प्रमाणपत्र लिएको हुनुपर्नेछ । उक्त परिचयपत्रले अपराध नियन्त्रण जस्ता क्रियाकलापमा समेत सहयोग पुर्‍याउने अपेक्षा राखिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)