ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

श्रीनगर–खलंगा–बालुवासंग्रही सडक खण्ड कालोपत्र गरिँदै

२०७७ असोज, १६  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने श्रीनगर¬खलंगा¬बालुवासंग्रही सडक खण्ड कालोपत्र गर्न थालिएको छ । संघीय सरकारको बजेटमार्फत उक्त सडक खण्डको कालोपत्र गर्न थालिएको हो । अहिले ज्यामिरेदेखि बाबियाचौरसम्मको करीब साढे ३ किलोमिटर सडक दुई प्याकेजमा कालोपत्र गर्न शुरू गरिएको सडक डिभिजन कार्यालय दाङले बताएको छ ।

सल्यानबाट प्रदेश राजधानी सुर्खेत जोड्ने महŒवपूर्ण र छोटो सडक हो यो । विगतदेखि नै यस सडकको स्तरोन्नति गरिँदै आएकोमा यसपटक कालोपत्र गर्न लागिएको कार्यालयको भनाइ छ । मंसिर मसान्तसम्म काम सम्पन्न गर्नेगरी दुई निर्माण कम्पनीले कामको जिम्मेवारी लिएका छन् ।

अहिले सडकको छेउमा ग्याविन वाल लगाउने, नाली निर्माण गर्ने काम भइरहेको कार्यालयका इन्जिजीयर रिकेश महर्जनले जानकारी दिए । उनका अनुसार भ्याट सहित प्राकृतिक निशान जेभीले १ करोड ६३ लाख र क्रिष्टल निर्माण सेवाले १ करोड ५६ लाख रुपैयाँमा कामको जिम्मेवारी पाएका छन् ।

प्राकृतिक निशान जेभीका प्रोप्राइटर डिल्लीप्रकाश केसीले तोकिएको समयमै सम्पन्न गर्नेगरी काम भइरहेको बताए । ‘सडकको छेउमा ग्याविन लगाउने काम भइरहेको छ,’ उनले भने, ‘मंसिर मसान्तभित्रै कालोपत्रको काम सम्पन्न गरिसक्ने लक्ष्य छ ।’

सल्यानको प्रमुख पर्यटकीय क्षेत्र कुपिण्डे ताल र कर्णाली प्रदेश राजधानी जोड्ने यो स्तरोन्नति नहुँदा यात्रुहरू मर्कामा पर्दै आएका छन् । कच्ची सडक, बीच¬बीचमा खाल्डाखुल्डी, वर्षात्मा हिलो र दिउँदमा धूलोले गर्दा यात्रु र स्थानीयवासीलाई समेत सास्ती हुने गरेको छ ।

पछिल्लो समय उक्त सडक खण्डको विभिन्न भागमा स्तरोन्नति भइरहेको छ । सो सडक खण्ड स्तरोन्नतिसँगै कालोपत्र सम्पन्न भएपछि सल्यानबाट सुर्खेत करीब ३ घण्टामै पुगिन्छ । साथै कुपिण्डे ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पनि सहज हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)