ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ मा पहिलो पाँचतारे होटल सञ्चालनमा

२०७७ असोज, १६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । कोरोना महामारीका कारण नेपाल पर्यटन क्षेत्र ओरालो लागिरहेका बेला प्रदेश १ मा पहिलो पटक पाँच तारे होटल सञ्चालनमा आएको छ । १ सय ५० करोडको लागतमा झापाको मेचीनगरमा होटल मेची क्राउन सञ्चालन भएको हो ।

छिमेकी भारत, बंगलादेश, भुटानका समेत पाहुना आउने अपेक्षा सञ्चालकको छ । पूर्व पश्चिम राजमार्गसँगैको मेचीनगर–८ जोरसिमलमा रहेको उक्त होटल आठ बिघा क्षेत्रफलमा छ ।

भेगास इन्टरटेन्मेन्ट प्रालिले यो होटल सञ्चालनमा ल्याएको हो । भेगासका अध्यक्ष पवित्रकुमार कार्कीले पर्यटन वर्ष २०२० लाई लक्षित गरेर चार वर्षअघिबाटै होटल निर्माण थालिएको जानकारी दिए । होटल सञ्चालन गर्ने अवस्थामा कोरोना महामारीले पर्यटन क्षेत्रमा नकारात्मक असल पारेको उनले बताए ।

उनले भने, ‘अबको दुुई महिनापछि नेपाल– भारत सीमा खुल्ने आशमा छौं । सीमा खुुल्नासाथ हामी बिजनेसको एउटा ट्रयाकमा पुुग्छौं, जहाँबाट गति सम्भव छ ।’

काठमाडौं, पोखरा केन्द्रित मात्र पाँचतारे होटलहरु रहेकाले पूर्वमा पाँचतारे होटल खोलेको उनको भनाइ । पर्यटन व्यवसायमा लामो समयदेखि आबद्ध कार्की एयर डाइनास्टिकका सञ्चालक पनि हुन् ।  होटलभित्र पार्क, पानीको फोहोरा, हावा घर, हेलिप्याड, पाँच सयभन्दा बढी सवारी अट्ने पार्किङ, स्विमिङ पुलसमेत रहेको छ ।

विश्वका विभिन्न मुलुकमा आतिथ्य सेवामा अनुभव हासिल गरी फर्किएका ४  युवाको टिमले ‘होटेल मेची क्राउन’ सञ्चालन गरेका हुन् । दीपक लेखक, यादव पाण्डे, विशान शाह र विवेक विष्ट होटका साझेदार रहेका छन् ।

चन्द्रगढी विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोरा विमानस्थलबाट २५ किलोमिटरको यात्रा तय गरेपछि होटल मेची क्राउन पुुग्न सकिन्छ । होटल परिसरमा क्यासिनो, हेलिप्याड, स्पा, जिमहाउस, ग्रीन गार्डेनगायत सुविधा छन् ।

पर्यटन क्षेत्रको अवस्था सुधार हुँदै गए भविष्यमा व्यापारिक मलसमेत होटलभित्रै खोल्ने योजना रहेको सञ्चालकहरुले जानकारी दिएका छन् ।

होटलमा क्यासिनो सञ्चालन भएपछि ९ सय जनाले प्रत्यक्ष रोजगारी पाउने भएका छन् ।

सम्मेलन, सेमिनार, बैठक र विवाहलगायत कार्यक्रम गर्न सकिने उक्त होटलमा १ सय ५ वटा सुविधासम्पन्न कोठा छन् । झापाको बिर्तामोडमा समेत होटल ग्रान्ड प्रिन्स नामक पाँच तारे होटल सञ्चालनको तयारीमा छ ।

होटलमा ५ वटा सुइट रुम, १० भिल्ला, २० वटा क्लब र ७० वटा डिलक्स रुम रहेको होटलका म्यानेजर नितेश पोखरेलले बताए ।

भारतको बागडोरा विमानस्थल आसपास स्तरीय होटल नभएकाले १२ किलोमिटरको दूरीमा होटललाई ट्रान्जिट बनाएर नेपालमा पर्यटक भित्र्याउन सकिने अपेक्षा रहेको होटल सञ्चालकहरु बताउँछन् ।

यसले भारतीय र बंगलादेशी नागरिकलाई नेपाल छिर्न सहज हुनेछ । अर्कोतर्फ यहाँबाट खर्चालु पर्यटक भित्र्याउन सकिने अपेक्षासमेत व्यवसायीको छ ।

प्रदेश १ लाई पर्यटकीय हव बनाउने उद्देश्य रहेको होटका अध्यक्ष लेखकले बताए । उनले भने, ‘सगरमाथा, कञ्चनजंघा, इलाम, पाथिभरा, हलेसीजस्ता पर्यटकीय स्थललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन सहयोग पुग्नेछ ।’

भारत र बंगलादेशी खर्चालु पर्यटकलाई नेपालसम्म तान्न ठूलो क्यासिनो सञ्चालनको समेत तयारी छ । यहाँ भेगास क्यासिनोले संरचना बनाइरहेको छ ।

क्यासिनो सञ्चालनमा आएपछि एकै पटक करिब ७ सय जनाले रोजगारी पाउने ‘द पिक हस्पिटालिटी’ का अध्यक्ष दीपक लेखकले जानकारी दिए ।

होटल पूर्ण क्षमतामा चल्दा ९ सय जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । होटलमा शतप्रतिशत नेपाली कर्मचारीलाई रोजगारी दिने लक्ष्य रहेको लेखक बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)