ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सीमानाका बन्द हुँदा स्थानीय बजारमा चहलपहल

२०७७ असोज, २०  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

सुनसरी । विगत वर्षमा चाडपर्व नजिकिँदै गर्दा भारतीय बजारमा नेपाली उपभोक्ताको थामिनसक्नुको भीड हुन्थ्यो । घरायसी सामग्री खरिद गर्न पनि विराटनगरको सिमाना जोगबनीमा रहेको भारतीय बजार पुग्ने उपभोक्ता बाक्लै हुन्थे ।

तर, यो वर्ष कोरोना संक्रमण समुदाय स्तरमा फैलिन थालेपछि सीमा नाकामा कडाइ हुँदा भारतीय बजारको साटो स्थानीय बजारमा चहलपहल बढ्दै गएको छ ।

प्रदेश १ व्यापारिक हब इटहरीमा दसैं किनमेलका लागि स्थानीय उपभोक्ताको घुइँचो लाग्ने गरेको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि सुनसरीमा सबैभन्दा बढी जोखिमको क्षेत्र इटहरीलाई रहँदै आएको छ । तर, बन्दाबन्दी खुलेर बजार सुचारु भएसँगै इटहरीमा किनमेल गर्ने स्थानीय उपभोक्ताको संख्या बढिरहेको व्यापारी बताउँछन् ।

इटहरीमा मात्र नभई धरान, तरहरा, दुहबी, इनरुवा, विराटनगरलगायतका बजारमा अहिले स्थानीय उपभोक्ताको भीड बढेको हो ।

सरकारद्वारा जारी गरिएको निषेधाज्ञा र बन्दाबन्दी केही खुकुलो भए पनि सीमा नाकाहरू बन्द गरिँद नेपाली बजारले राहत पाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोख्रेलले बताए । ‘भारतीय सीमाहरू बन्द भएकै कारण नेपाली उत्पादनले राम्रो बजार पाएको हो । पारि (भारत) जान बन्देज लागेपछि नेपाली उपभोक्ताले यहीँका बजारमा खरिद गर्दा व्यापारीलाई राहत भएको छ’, पोखरेलले भने ।

चाडपर्वको मुखमै नियमित बजार अनुगमन नहुँदा स्थानीय उपभोक्ता व्यापारीबाट ठगिँदै आएको गुनासो पनि त्यत्तिकै बढेको छ ।  इटहरीमा सञ्चालन भएका अधिकांश पसलहरूले मूल्यसूची नराखी सामान बिक्री वितरण गरेको उपभोक्ताको गुनासो छ ।

चाडपर्व नजिकिएसँगै अन्य सामानभन्दा खाद्यान्न र लत्ताकपडामा उपभोक्ता ठगिने गर्छन् । अनुगमन नहुँदा बजार महिँदै गएको छ’, इटहरी ४ कि चन्द्रकला भट्टराई भन्छिन् । अत्यावश्यक सामग्रीको मूल्य पसलैपिच्छे फरक–फरक रहेको उनको दाबी छ । एउटै खाद्यान्नको मूल्य पसलैपिच्छे फरक–फरक भेटिने, म्याद गुज्रिएका सामान बिक्री गरिनेजस्ता गुनासा बढी आउने गरेको इटहरी उपमहानगरका एक कर्मचारी बताउँछन् ।

इटहरी उपमहानगरको बजार शाखाका कर्मचारी नवलकिशोर भट्टराई केही दिनयता जिल्ला प्रशासन कार्यालय सुनसरीका पदाधिकारीसहितको टोलीले बजार अनुगमन गरिरहेको बताउँछन् ।

‘चाडपर्वलाई दृष्टिगत गरी प्रशासनको अगुवाइमा बजार अनुगमन गर्दा व्यापारीको बढी लापरबाही देखियो । अनुगमनकै क्रममा अधिकांश पसलबाट म्याद गुज्रिएका सामान जफत गरिएको छ भने केहीलाई सामान्य चेतावनी दिएर छाडिएको छ’, उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)