ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगर विमानस्थललाई स्तरोन्नति गर्न त्रिपक्षीय समझदारी

२०७७ असोज, २०  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल author avatar वेदराज पौडेल

काठमाडौं । सरकारले विमानस्थलको विकास निर्माणका लागि प्रदेश सरकारसँग साझेदारी गर्ने संघीय सरकारको रणनीतिअनुरुप पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र नागरिक उड्डयन प्रााधिकरणले दुई प्रदेशसँग समझदारी गरेका छन् ।

अघिल्लो साता सुर्खेत विमानस्थल निर्माणका लागि कर्णाली प्रदेश सरकारसँग सम्झौता भएकामा सोमबार विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गर्न त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

विराटनगर विमानस्थललाई विस्तार गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन प्रदेश सरकार, विराटनगर महानगरपालिका र  नागरिक उड्डयन प्राधिकरणबीच समझदारी भएको छ ।

समझादारीमा प्रदेश सरकारका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले, नेपाल सरकारका तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक राजन पोखरेल र विराटनगर महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले हस्ताक्षर गरेका छन् ।

नयाँ समझदारीमा विमानस्थलको विस्तारमा संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले ४० र विराटनगर महानगरपालिकाले १० प्रतिशत रकम बेहोर्ने उल्लेख छ ।

यस्तै, विमानस्थलको धावन मार्गका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने र धावन मार्गलाई ३ हजार मिटरको बनाउने, टर्मिनल भवन निर्माण गर्ने, भौतिक संरचना तयार गर्ने पनि समझारीपत्रमा उल्लेख छ ।

कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले मुलुकको आर्थिक, सामाजिक विकासका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक भएको बताए । उनले विराटनगर विमानस्थलको स्तरोन्नतिले यस क्षेत्रको विकासमा थप मद्दत पुग्ने विचार व्यक्त गरे ।

‘यो क्षेत्र धार्मिक, पर्यटकीय दृष्टिले मात्र  सभ्यता र प्रकृतिले भरिपूर्ण छ । विराटनगर विमानस्थल आन्तरिक र बाह्य दुवै विमानको हब बन्न सक्छ,’ उनले भने ।

मन्त्री भट्टराईले सरकारले प्रत्येक प्रदेशमा हिल स्टेसन बनाउने नीति लिएको बताउँदै त्यसले हरेक प्रदेशको पर्यटन विकासमा थप योगदान दिने बताए । उनले कोभिड–१९ को महामारीको समयमा पनि सरकारले भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिइरको बताउँदै  गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार स्थापना भएदेखि नै विराटनगरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन प्राथमिकतामा राखेको उल्लेख गर्दै  यो समझदारीले अब त्यो बाटो खुलेको जिकिर गरे ।

उनले विधिताले भरिएको प्रदेश १ मा विमानस्थलको स्तरोन्नतिले यस क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने धारणा राखे । प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले विराटनगर विमानस्थलको भौतिक पूर्वाधार एवं धावन मार्ग विस्तार गर्न केही समय पहिले साढे ४ बिघा जमिन अधिग्रहण भइसकेको जानकारी दिए । विराटनगर महानगर प्रमुख भीम पराजुलीले विराटनगर विमानस्थलको स्तरोन्नतिपछि यस प्रदेशको विकासमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रदेश १ मा हाल १४ विमानस्थल रहे पनि ५ वटा मात्र सञ्चालनमा छन् । पूर्व क्षेत्रको सबैभन्दा पुरानो यो  विमानस्थललाई निकै समयदेखि क्षेत्रीय वा अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गर्न राजनीतिक दल, उद्योगी, व्यापारी र पर्यटन व्यवसायीले माग राख्दै आएका थिए ।  

हाल आन्तरिक उडान मात्र हुने यो विमानस्थल अन्तरदेशीय उडान गर्न मिल्ने गरी स्तरोन्नति भएपछि त्यहाँबाट बंगलादेश, भारतका विभिन्न राज्य, भुटान र सिक्किमसँग सीधै हवाई यात्रा गर्न सकिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)