ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतको चौकुनेमा नागरिक आरोग्य केन्द्र सञ्चालन

२०७७ असोज, २१  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

असोज । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको झकमकेमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले स्वास्थ्य चौकी गुटुमा सोमवार एक कार्यक्रमका बीच नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गरेका छन् । आयुर्वेदिक औषधि, योग, ध्यानलगायत क्रियाकलापप्रति नागरिकको बढ्दो चासोलाई ध्यानमा राखेर चौकुनेको झकमकेमा प्रदेश आयुर्वेद औषधालयको सहयोगमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको जानकारी उनले दिए । ‘कोरोना महामारीले एक पटक पुनः आयुर्वेद औषधिको सेवन तथा सेवा सुविधाबारे नागरिकमा धेरै उत्सुकता बढाएको छ,’ उनले भने, ‘अहिले पनि कोरोना संक्रमित अधिकांश नागरिकले रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधिको प्रयोग गरेका छन् ।’ आयुर्वेदको महत्त्व विगतदेखि वर्तमानसम्म र भविष्यमा पनि उत्तिकै रहने भएकाले नागरिकको माग अनुरूप आरोग्य सेवा केन्द्र स्थापना गर्नुपरेको उनले बताए ।

चौकुने गाउँपालिका प्रदेश तथा केन्द्र सरकारको सहयोगबाट गुटुमा कम्तीमा २५ शøयाको आयुर्वेद चिकित्सालय नै स्थापना गर्न प्रयासरत रहेको उनको भनाइ छ । ‘चौकुने जडीबुटीको भण्डारणस्थल मात्र होइन, प्रशोधन तथा विक्री वितरणको केन्द्र समेत बन्न सक्छ,’ उनले भने । कर्णाली प्रदेशमै चौकुने जडीबुटी उत्पादन, भण्डार तथा संकलनका लागि उपयुक्त स्थान भए पनि सम्बन्धित पक्षको पर्याप्त ध्यान नपुग्दा त्यसको भरपूर सदुपयोग नभएकाले गाउँपालिका अब यसको प्रवर्द्धनमा जुट्ने उनले बताए । स्थानीयस्तरमै उत्पादित जडीबुटी स्थानीय स्तरमै खपत गरेर बचेको औषधि निर्यात गर्न सकिने सम्भावना पहिल्याउन गाउँपालिका अग्रसर समेत रहेको दाबी उनले गरे ।

कार्यक्रममा प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले चौकुनेमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएसँगै सर्वसाधारण नागरिकलाई आयुर्वेदिक औषधिको महŒवबारे बुभ्mने र यसको लाभ लिने अवसर जुटेको बताए । चौकुनेमा आरोग्य सेवा केन्द्रलाई सफल रूपमा सञ्चालन गर्न स्थानीय तथा प्रदेश सरकारले समेत थप सहयोग गर्न आवश्यक रहेको उनले औंल्याए । चौकुने गाउँपालिका–७ का अध्यक्ष अम्मरबहादुर बिसीले चौकुनेमा आयुर्वेद औषधालय नहुँदा गाउँका सर्वसाधारण आयुर्वेद औषधिका लागि सुर्खेत सदरमुकाम वीरेन्द्रनगरदेखि भारतको लखनउसम्म पुग्ने गरेको स्मरण गरे । गाउँमै नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएपछि आयुर्वेद औषधिमा विश्वास राख्ने नागरिकलाई बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने उनले बताए । त्यस्तै वडा नं ८ का अध्यक्ष ताराकेशर सुवेदीले नागरिक आरोग्य सेवा केन्द्रलाई सेवाग्राहीका लागि अधिक उपयोगी बनाउन वडा कार्यालयबाट सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।

चौकुनेका वरिष्ठ समाजसेवी काशीराम देवकोटाले गाउँघरमै आरोग्य सेवा केन्द्र सञ्चालनमा आएपछि नागरिकलाई धेरै सहज हुने अपेक्षा गरे । गुटु स्वास्थ्य चौकीका प्रमुख इन्चार्ज इन्द्रबहादुर जैसुरीले नागरिक आरोग्य सेवा केन्द्रसँग समन्वय तथा सहकार्य गरेर अगाडि बढ्ने बताए । यस्तै प्रदेश आयुर्वेद औषधालयका प्रमुख डा. शंकरप्रसाद रिजालले नेपाल सरकारको देशैभर ३१८ ओटा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने कार्यक्रम अन्तर्गत सुर्खेतको चौकुनेमा उक्त केन्द्रको स्थापना गरिएको जानकारी दिए । उनका अनुसार नागरिक केन्द्रबाट सेवाग्राहीले आधारभूत सेवा अन्तर्गतका सेवासँगै जीवनशैली परिवर्तनका लागि योग, ध्यान, प्राणायाम, जडीबुटी एवं आयुर्वेद सम्बन्धी सेवा पाउनेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)