ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वराह क्षेत्रमा विद्युत् पुगेको २५ वर्षपछि श्रीलंका टप्पु झलमल

२०७७ असोज, २५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

सुनसरी । होरेच चन्द्रवंशी उमेरले ७५ वर्ष पुगे । ७५ वर्षपछि उनको टहरोमा बिजुली बत्ती बल्यो । वराह क्षेत्र नगरपालिका वडा– ९स्थित श्रीलंका टप्पुस्थित गरैयामा जन्मिएका उनले
जीवनको उत्तरार्द्धमा बिजुली बत्ती देख्न पाएकामा खुसी प्रकट गरे ।

गरैयामै जन्मिएका र ०४५ मा कोसी नदीको कटानमा परेपछि केही वर टप्पुमा सरेका भुराइ चन्दव्रंशीले पनि ६० अैां वसन्त पार गरेपछि बिजुली बत्ती बलेको देखे ।

वराह क्षेत्र नगरपालिकाको श्रीलंका टप्पुमा विद्युत् पुग्दा स्थानीय हर्षित भएका छन् । सप्तकोसी नदीले घेरेको वडा–६ र ९ को भूभाग टप्पुमा बिजुली बलपे छि पुर्ख्याैली रुपमा खेती किसानी गर्दै आएका किसानमा आशा र उत्साह पलाएको छ ।

सुगम जिल्लाको दुर्गम स्थल मानिने श्रीलंका टप्पुमा बिजुली पुग्दा स्थानीय खुसी भएको रामसेवक मेहता बताउँछन् । गाउँमा अनुदानमा सोलार बत्ती बाले पनि बिजुली आउँदा खुसीयाली छाएको मेहताको भनाइ छ ।

‘बत्ती नहुँदा सोलारबाट काम चलाएका थियाैं । हुस्सु लाग्दा सोलारले पनि काम गर्दैथ्यो । बिजुली आएपछि किसानले मोटर ल्याउन, पानी पटाउन सुविधा पुगेको छ’, मेहताले भने ।

गरैया कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका स्थानीय युवा सन्तोषकुमार चन्द्रवंशी खेती किसानी गर्ने स्थानीयमा बिजुलीले आशा र उत्साह पलाएको सुनाउँछन् ।

परम्परागत खेती किसानी गर्दै आएका चन्द्रवंशी, मेहता, बहरदार समुदायमा सन्तोषलगायतका युवाले आधुनिक कृषि योजना सरुु गर्दै आएका छन् । उन्नत बिउबिजनको प्रयोग र आधुनिक कृषि गर्ने उत्साह बोकेका सन्तोषजस्ता युवामा बिजुली बलेपछि झनै उत्साह बढेको छ ।

‘२ वर्षअघि पोल गाड्दा नै बिजुली आउला भन्ने पर्खाइमा थियाैं । बत्ती बाल्न पाउँछाैं भन्ने आशा थियो । अहिले बिजुली बलिसकपे छि हामी सबै खुसी छाैं, ’ सन्तोषले भने, ‘कृषिका लागि अब मोटर जडान गर्न सकिने भयो । पानी तान्न सकिने भयो ।’

यस क्षेत्रका स्थानीय विद्युत् पहुँच ले कृषि उत्पादन बढ्ने अपेक्षा लिएका छन् । कोसीटप्पु वन्यजन्तु आरक्षबाट आउने जंगली हात्तीलगायतका जनावरले दिने दुःख पनि कम हुने किसानको भनाइ छ । ‘जंगली जनावरले आतंक मच्याउँथ्यो । बत्ती आएपछि जनावरबाट दुःख नपाइएला भन्ने आशा छ,’ वराह क्षेत्र–९ का वडा सदस्यसमेत रहेका स्थानीय शम्भु चन्द्रवंशीले बताए ।

बिजुली आएपछि गरैया कृषि सहकारी संस्थाले आधुनिक कृषिसँगै चक्लाबन्दीमा खेती गर्ने योजना बनाएको छ । संस्थामा २ सय ६५ सदस्य छन् । ‘हामी संस्थागत रुपमा अघि बढछाैं  । पुर्ख्याैली पेसा नै खेती किसानी हो । यसलाई आधुनिकीकरण गर्ने योजना छ । बिजुली बत्ती बलेपछि आशा र उत्साह पलाएको छ,’ संस्थाका अध्यक्ष सन्तोषकुमार चन्द्रवंशीले भने ।

श्रीलंका टप्पुमा नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत प्रारम्भिक झन्डै अढाई करोडको लगानीमा विद्युत विस्तार भएको नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रका प्रमुख मिथिलेशकुमार गइवारले जानकारी दिए ।

‘अनगोइङ प्रोजेक्ट हो । थप टेन्डर भएको छ । ५ वटा ट्रान्सफर्मर जडान गरेका छाैं, ’ पम्र खुगइबारले भने, ‘छुटफुट लाइन भने विस्तार गर्नछाैं । कोरोना संक्रमणका बेला औपचारिक कार्यक्रम गरिएन ।

हाललाई विद्युत् छाडेका हाैं ।’ विद्युत् प्राधिकरणले हालसम्म यो विद्युत् विस्तार परियोजनामा ३ पटकसम्म ठेक्का लगाइसकेको छ । पहिलो ठेक्कामा ३ सय ६८ वटा पाले गाडिएको थियो भने दोस्रो चरणमा १ सय ६० वटा पोल लगाइएको थियो । स्थानीयले जनश्रमदानमा १ सय २८ वटा पोल गाडेका छन् ।

१ सय ५० वटा पोल विस्तारका लागि नयाँ टेन्डर खुलाइएको छ । ५ वटा ट्रान्सफर्मर जडान गरिएको छ । थप एउटा विस्तार गर्न सकिने चक्रघट्टी वितरण केन्द्रका खुदराज घिमिरेले जानकारी दिए । विद्युत् विस्तारले स्थानीयमा उत्साह थपिएको वराह क्षेत्र नगरप्रमुख निलम खनाल बताउँछन् । आधुनिक कृषि उत्पादन, जडीबुटी र चक्लाबन्दी खेतीका लागि स्थानीयलाई विद्युत् विस्तारले सहयोग पुग्ने र सोहीअनुसार कृषकलाई प्रोत्साहन गरिने नगरप्रमुख खनालले बताए ।

कोसी प्रोजेक्ट सुरु भएपछि वराह क्षेत्रको चतरालगायतमा विद्युत विस्तार गरिएको उद्योग वाणिज्य संघ सुनसरी वराह क्षेत्रका अध्यक्ष रमेशकुमार विष्ट बताउँछन् । सरकारले ०३६ मा विद्युत्  प्रसारण गरेको थियो । ०५२ मा समेत विद्युत् लाइन प्रसारण भएको वराह क्षेत्रमा त्यसयता विद्युत् पहुँच सहज भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)