सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत रहेको कर्णाली प्रदेश सरकारविरुद्ध सत्तापक्षकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तापक्षकै १८ जना सांसदले आइतबार नेकपा कर्णाली प्रदेशका प्रमुख सचेतक गुलाबगञ्ज शाहलाई अविश्वास प्रस्ताव बुझाएका हुन् ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३, कांग्रेसका ६ जना र राप्रपा नेपालका १ सांसद छन् । अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्ती मगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह, धर्मराज रेग्मीलगायत छन् ।
मुख्यमन्त्री शाहीबाट हुँदै आएका काम प्रभावकारी नभएको उनीहरुले आरोप लगाएका छन् । संसदीय दलको विधान २०७५ को नियम २ (१) बमोजिम उनीहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
सोही नियम २४ को (१,२,३,४) बमोजिम यथासक्य बैठक बोलाएर मार्गप्रशस्त गर्न र प्रस्तावलाई नियम बमोजिम निर्णय गर्न÷गराउन उनीहरुले आग्रह गरेका छन् ।
प्रदेश सरकारको कार्यशैलीप्रति असन्तुष्टि राख्दै आएका सत्ता पक्षकै सांसदहरुले लामो समयदेखि मुख्यमन्त्री परिवर्तनको विषय उठाउँदै आएका थिए । मुख्यमन्त्री शाहीको कार्यशैलीलाई लिएर नेकपाभित्र पटक–पटक विवाद हँुदै आएको छ । प्रमुख सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताए । हस्ताक्षर गर्नेमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ सांसद छन् । तत्कालीन नेकपा एमालेको बहुमत रहेको कर्णाली प्रदेशमा दुई पार्टीको एकीकरणपछि मुख्यमन्त्री तत्कालीन माओवादीको भागमा परेको थियो । यसैबीच मुख्यमन्त्री शाहीविरुद्ध सत्तारुढ पार्टीकै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रमा शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् ।
अध्यक्ष प्रचण्डको आग्रहमा मुख्यमन्त्री शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे प्रधानमन्त्रीसहितका शीर्ष नेताहरुबीच सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा छलफल हुने भएको छ । शीर्ष नेताहरुको भोलिको छलफलले मुख्यमन्त्री शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे निर्णय लिन सक्ने बुझिएको छ ।
नेकपा संसदीय दलका नेतासमेत रहेका शाहीविरुद्ध आइतबार आप्mनै १८ जना सांसदले अविश्वासको प्रस्ताव प्रदेशसभा संसदीय दलमा दर्ता पार्टीभित्र हलचल मच्चिएको छ ।