ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानमा यात्रु सहायता कक्ष

२०७७ असोज, २७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दशैं, तिहार, छठ लगायत चाडपर्वको बेला यात्रुलाई सुरक्षित हिसाबले गन्तव्यतर्फ पुग्ने वातावरण सृजना गर्ने उद्देश्यले जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरको बसपार्कमा बुधवार यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले बताएको छ ।

बढी भाडा लिएको, सवारीसाधनमा स्वास्थ्य सुरक्षा सतर्कता नअपनाएको र यात्रुलाई अन्य कुनै समस्या भएको विषयमा उक्त कक्षमा सम्पर्क राख्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी सहायक निरीक्षक सन्दीप विकले जानकारी दिए । चाडपर्वको समयमा हुने यात्रु तथा सवारीसाधनको चाप व्यवस्थापनमा समेत सहायता कक्षले सघाउने उनको भनाइ छ । ‘कोरोना संक्रमण बढ्दै गएकाले चाडपर्वमा हुन सक्ने यात्रुको भीडभाड व्यवस्थित गर्न सहायता कक्ष सञ्चालन गरेका हौं,’ उनले भने, ‘महामारीको समयमा स्वास्थ्य सुरक्षा सतर्कतालाई मुख्य प्राथमिकतामा राखेका छौं ।’

अनिवार्य रूपमा मास्क, स्यानिटाइजर प्रयोग गर्नुपर्ने, सीट क्षमताको आधा मात्रै यात्रु राख्नुपर्ने, तोकिएको भन्दा बढी भाडा लिन नपाइने नियमलाई कडाइका साथ पालना गराइने उनले बताए । यात्राको क्रममा कुनै समस्या आएमा यात्रु सहायता कक्ष वा प्रहरी बिटमा खबर गर्न पनि उनले आग्रह गरे । यस्तै चाडपर्वलाई लक्षित गरेर जिल्लाका कपुरकोट र थारमारेमा पनि चाँडै यात्रु सहायता कक्ष स्थापना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले बताएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)