ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

औषधि पसलबाट ठगिए बिरामी

२०७७ असोज, ३०  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर खुलेका मेडिकलबाट बिरामीका आफन्त औषधिमा ठगिने गरेको पाइएको छ । यहाँका औषधि पसलेहरूले बिरामीलाई चाहिने औषधि फोनकै भरमा वार्डसम्मै पु¥याइदिने गरेका छन् । मुख्यतः यो सुविधा प्रयोग गर्ने बिरामीका आफन्त ठगिएको पाइएको हो ।

साउन १९ गते धरान–१६ कि रीता राना मगरले आाफ्नी १७ वर्षीय छोरीको मुटुको शल्यक्रियाका लागि प्रतिष्ठानमा भर्ना गरेकी थिइन् । उनले २३ गतेसम्म प्रतिष्ठान बाहिरका औषधि पसलहरूबाट औषधि लगिन् । २३ गतेदेखि प्रतिष्ठान बाहिरकै बिर्तामोड मेडिकल हलबाट औषधि लैजान थालिन् । कोरोना संक्रमणका कारण शल्यक्रिया कक्ष सिल भएपछि साउन २६ गते उनी छोरीलाई काठमाडौंको गंगालाल हृदय केन्द्र लगेर शल्यक्रिया गराएर फर्किइन् । बीपीमा उपचारको क्रममा लगिएको औषधिको बिल बिर्तामोड मेडिकल हलले ६७ हजार १२७ रुपैयाँको बनायो । तर औषधिमध्ये महँगो पर्ने ‘टारगोसिड’ नामक औषधिको बिल देखेपछि उनी आत्तिइन् । छोरी बिरामी हुँदा प्रयोग गरिएको टारगोसिड औषधिको रेकर्ड हेर्दा उनले उक्त औषधिमा १९ हजार २२९ रुपैयाँ ठगिएको थाहा पाइन् ।

प्रतिष्ठानको ड्रग एड्मिनिस्ट्रेसनको रेकर्ड तथा डिस्चार्ज पेपर अनुसार बिरामीलाई तीन दिनमा टारगोसिड औषधि ४ पटक दिएको देखिन्छ । रेकर्ड अनुसार ४ पिस ४ सय एमजी र ४ पिस २ सय एमजीको औषधि प्रयोग भएको छ । यता, पसलबाट आएको बिलमा भने १० पिस ४ सय एमजी र ५ पिस २ सय एमजी लगेको उल्लेख छ ।

बिलमा उल्लेख गरिएको मूल्य अनुसार ४ सय एमजीको प्रतिपिस ३ हजार ५२९ रुपैयाँ रहेको छ भने २ सय एमजीको १ हजार ५८४ रुपैयाँ रहेको छ । बिल अनुसार उनले लगेको टारगोसिड औषधि ४ सय एमजीको १० पिस, २ सय एमजीको ५ पिस रहेको छ । यता अस्पतालले प्रयोग गरेको औषधि ४ सय र २ सय एमजीको ४/४ पिस भएको छ । प्रयोग गरिएको भन्दा ६ पिस र १ पिस बढी देखिन्छ, जसको मूल्य बिल अनुसार १९ हजार १७९ रुपैयाँ छ ।  अस्पतालले औषधि खरीद गर्न दिएको ड्रग स्लीपमा उल्लेख गरिएको औषधिको परिणाम केरमेट गरिएको बिरामीकी आमा रीता राना मगरले बताइन् । खरीद गरेको औषधिको परिणाम नै धेरै भएपछि आफू ठगिएको उनको भनाइ छ ।

आफूमाथि ठगी भएको भन्दै उनले इलाका प्रशासन कार्यालय धरानमा निवेदन दिएकी छिन् । निवेदन माथि छानबिन गर्न प्रशासन कार्यालयले इलाका प्रहरी कार्यालय धरानलाई बुझाएको छ । औषधि व्यवसायी इकाइ समिति धरानले पनि ठगी गर्ने औषधि पसलविरुद्ध कारबाहीको माग गरेको छ । मेडिकल सञ्चालक नरेन्द्र देवले भने आफूहरूले औषधिमा ठगी नभएको जिकीर गरेका छन् । ‘स्लीप अनुसारकै दबाइ दिएका हौं,’ उनले भने, ‘बढी पैसा लिएको छैन ।’

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)