ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भेडेटारमा २० करोड लागतमा स्काईवाक बनाइँदै

२०७७ कार्तिक, ४  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । भेडेटारमा २० करोड रुपैयाँ लागतमा ‘भेडेटार स्काईवाक परियोजना’ निर्माण गरिने भएको छ । उक्त परियोजना अघि बढाउन प्रदेश सरकार र भेडेटारसँग जोडिएका दुईओटा स्थानीय तहबीच समझदारी भएको छ । बिहीवार साँगुरीगढी गाउँपालिका, धरान उपमहागनरपालिका र प्रदेश लगानी प्राधिकरणबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

भेडेटारको चाल्र्स भ्यूटावरको उत्तरतर्फको जमीन र धरानको दक्षिणतर्फको जमीनभित्र ‘स्काईवाक’ निर्माणका लागि मोरङको वन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड एट्र्याक्शन प्रालिसँग सम्झौता भएको छ ।

परियोजना अगाडि बढाउन वातावरणीय प्रभाव मूल्यांकन (आईईई), नक्सा लगायतको काममा प्रदेश लगानी प्राधिकरणले सहयोग गर्ने समझदारीपत्रमा उल्लेख छ । २२ दिनभित्र तीनै पक्षलाई लिजको समय अवधि, निर्माण तथा सञ्चालनको ढाँचा लगायत विषयमा सहमति गरिने भएको छ । कोरोना महामारीले समग्र पर्यटन क्षेत्र थला परेका बेला करोडौं लगानीमा स्काईवाक परियोजना निर्माण हुने भएपछि भेडेटारका पर्यटन व्यवसायी उत्साहित भएका छन् । होटल एशोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली साहसिक पर्यटनमा भेडेटार अब प्रदेश १ कै हब बन्ने बताउँछन् । स्काईवाक भेडेटारको मात्र नभएर प्रदेशकै पर्यटन ब्राण्ड बन्ने दाबी उनले गरे । ‘कोरोना महामारीले पर्यटन क्षेत्र थला परेका बेला नयाँ परियोजनामा लगानी भित्रिँदा पुनः गति लिने अपेक्षा गरेका छौं,’ उनले भने ।

साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजंग याक्खा पनि वार्षिक लाखौं पर्यटक भित्रिने भेडेटारमा उक्त परियोजनाले थप रोजगारी सृजना गर्ने र यस क्षेत्रलाई साहसिक पर्यटनको हब बनाउन टेवा पु¥याउने बताउँछन् । स्काईवाकले वार्षिक १० लाख पर्यटक आकर्षित गर्ने अपेक्षा उनले गरे । साथै यसबाट प्रत्यक्ष–अप्रत्यक्ष रूपमा १ हजारभन्दा बढीले रोजगारी पाउने उनले बताए ।

स्काईवाकको उचाइ १ सय मिटरदेखि ५ सय मिटरसम्म हुनेछ भने ४ मिटर चौडाइ हुनेछ । घुम्तीमा १० मिटर रहने स्काईवाक धरानतर्फ ३९ मिटर लामो हुनेछ । शिशाबाट निर्माण गरिने भएकाले पारदर्शी हुने र साहसिक पर्यटकलाई आकर्षित गर्ने बताइएको छ । भेडेटारबाट धरानतर्फ यसअघि नै जिपलाइन सञ्चालनमा आइसकेको छ । भेडेटारमै अर्को जिपलाइन काम्फेक नजिकबाट सञ्चालन गर्ने तयारी छ । यस्तै भेडेटार नजिक छोटीमोरङ डाँडाबाट व्यावसायिक प्याराग्लाइडिङ पनि शुरू गरिएको छ । धरान उपमहानगरपालिकाले धरानदेखि साँगुरीगढीसम्मको पदमार्गको प्रवद्र्धन गरिरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)