ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीपीले तोक्यो कोरोना उपचारमा धरौटी

लक्षण अनुसार ७ हजारदेखि ६० हजारसम्म

२०७७ कार्तिक, ७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर

धरान । सरकारको निर्देशन भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितले उपचारका लागि धरौटी राख्नुपर्ने निर्णय गरेको छ । प्रदेश सरकारले कोरोनाको निःशुल्क उपचार गरिने बताए पनि संघीय सरकारको निर्देशन अनुसार प्रतिष्ठानले उपचारका लागि धरौटी रकम तोकेको हो ।

अस्पताल निर्देशक प्राडा. गौरीशंकर शाहले सूचना जारी गर्दै चारओटा वर्गीकरण गरेर उपचार खर्च र धरौटी रकम राख्नुपर्ने जानकारी गराएका हुन् । कात्तिक ९ गतेदेखि लागू हुनेगरी प्रतिष्ठानले धरौटी रकम र उपचार खर्च सार्वजनिक गरेको छ । निर्देशक शाहका अनुसार कुनै लक्षण नभएका संक्रमितले ७ हजार धरौटी राख्नुपर्नेछ भने प्रतिदिन २ हजार शुल्क तिर्नुपर्नेछ । यस्तै  सामान्य लक्षण भएकाले १२ हजार धरौटी भर्ना हुनुअघि नै राख्नुपर्नेछ भने प्रतिदिन ३५ सय शुल्क तिर्नुपर्नेछ । मध्यम लक्षण भएका बिरामीले ३५ हजार धरौटी राख्नुपर्नेछ भने दैनिक ७ हजार ५ सय शुल्क तिर्नुपर्नेछ । त्यस्तै, गम्भीर लक्षण भएका बिरामीले ६० हजार धरौटी र प्रतिदिन १५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

आर्थिक रूपले विपन्न, अशक्त, असहाय एकल महिला, अपांगता भएका नागरिक, ज्येष्ठ नागरिकलाई लक्षण देखिएमा भने सिफारिश तथा परिचयपत्रका आधारमा निःशुल्क पीसीआर परीक्षण गरिने प्रतिष्ठानले बताएको छ । अन्य सबैलाई पीसीआर परीक्षण शुल्क २२ सय रुपैयाँ लाग्नेछ ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन इकाइ, काठमाडौंबाट निर्णय भए अनुसार प्रतिष्ठानले पनि यस्तो निर्णय गरेको निर्देशक शाहले बताए । यसैगरी लक्षण नभएमा वा लक्षण हराएमा संक्रमित बिरामीलाई १४ दिनमा डिस्चार्ज गर्ने गरिएकोमा अबदेखि ३ दिनमा लक्षण नदेखिएमा १० दिनमा डिस्चार्ज गरिने भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)