ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुर्ख्यौली थलोमा अढाई करोडको कृषि कर्म

२०७७ कार्तिक, १७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

धनकुटा । अधिकांश नेपाली युवा काम र अवसरको खोजीमा विदेशिन्छन् । यो क्रम दिनानुदिन बढ्दो छ । काम गर्न सक्ने उमेरका युवाहरू विदेशिएपछि गाउँघरका खेत, बारी बाँझो हुनु सामान्य भइसकेको छ । यति हुँदाहुँदै पनि धेरै जनसंख्या कृषिमै निर्भर छ । गाउँघरमा परम्परागत खेती प्रणाली कायमै छ ।

धनकुटाको पाख्रिवास नगरपालिकाका २ युवाले गाउँ फर्केर लोभलाग्दो कृषि कर्म गरिरहेका छन् । पाख्रिवास नगरपालिका– १ तल्लो सान्नेका नवीन दाहाल र उनका ज्वाइँ धनकुटाको चौबिसे गाउँपालिका राजारानीका तिलक कार्कीले कृषिबाटै समृद्धिको सम्भावना देखेर गाउँमै खेती गरिरहेका हुन् ।

उनीहरूले सान्नेमा छिन्ताङदेवी कृषि फर्ममार्फत सञ्चालन गरेको निजी वन जिल्लाकै नमुना हो । एक सय रोपनीमा फैलिएको वनमा दर्जनांै प्रजातिका सयौं वनस्पति छन् ।
उनीहरूले केही जग्गा खरिद गरेका हुन् भने केही पुख्र्याैली हो । वनमा रुद्राक्ष, पाउलियनिया, मलेसियन सखुवा, अस्टे«लियन टिकका रुख रहेका छन् । यसैगरी साढे २० हजार कफीका बिरुवा लगाइएको छ ।

वनमा मलेसियन सखुवा, टिक र २५ हजार पाउलिनिया, ५ सय रुद्राक्ष र एभोकार्डोका बोट छन् ।

करिब १ करोड रुपैया“ लगानीमा सुरु गरेको फर्ममा हालसम्म अढाई करोड लगानी भइसकेको सञ्चालक तिलक कार्कीले बताए । निजी वनका लागि राज्यबाट सहुलियत दरमा कृषि ऋण पाउनसमेत नसकेको कार्कीको गुनासो छ ।

‘१० वर्षमा एकमुष्ट रुख बेचेर ७ अर्ब र हाललाई उत्पादिन सामान बेचेर वार्षिक ४ करोड आम्दानी हुने अपेक्षामा छौं उनीहरूको अपेक्षा छ । नेपालमा कृषि कर्म गर्नेलाई हेर्ने दृष्टिकोण बदलेर समृद्ध हासिल गर्ने लक्ष्य राखेका छौं’, कार्कीले भने ।

अर्का फर्म सञ्चालक नवीन दाहाल १० वर्षअघि अहिले फर्म भएको जग्गा बेचेर मोरङ बसाइँ झरेका थिए । मोरङमा यातायात व्यवसायी रहेका दाहालले गाउँमै फर्केर केही गर्ने योजना बनाएर पुनः आफैंले बेचेको जग्गा खरिद गरेर काम सुरु गरेका हुन् ।

मोरङको सुन्दरहरैचामा ड्रागन फलको खेतीसँगै टर्की, कणकनाथ, अस्ट्रिच, बट्टाई र गिरिराज कुखुरापालन गरिरहेको उनले जानकारी दिए ।

‘सान्नेमा सञ्चालन गरेको फर्ममा हालसम्म एक रुपैयाँ अनुदान र ऋण पाउन सकिएन । ऋणका लागि सुरुमा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय गएकामा त्यहाँबाट जिल्लामा पठायो’, घुम्दाघुम्दै अहिलेसम्म एक सुको पनि ऋण अनुदान पाउन सकिएन’, दाहालको गुनासो छ ।

जिल्लाले स्थानीय तहबाटै ऋण पाइने भनेर पाख्रिबास नगरपालिकामा रहेको जनता बैंकमा बुझ्दा ब्याजदर धेरै महँगो भएको उनी सुनाउँछन् । कृषि कर्म गर्नेलाई नभई भनसुन र पहुँच हुनेलाई मात्र कृषि ऋण र अनुदान दिइने गरेको उनको अनुभव छ ।

धनकुटाको चौबिसे गाउँपालिकाको वसन्तटारका अर्का सञ्चालक कार्की सोही गाउँपालिकाको राजारानीमा होटल व्यवसाय हुँदै कपडा पसल गर्दागर्दै ०६० मा काठमाडांैको नयाँ बसपार्कमा राजारानी गेस्टहाउस सञ्चालन गर्दै आएका छन् ।

गृहजिल्लामा केही गर्ने उद्देश्यले कृषि कर्ममा लागेको कार्की सुनाउँछन् ।  प्राविधिकको सल्लाहअनुसार कृषि कर्म सुरु गरिएकाले सफलता मिल्ने उनको विश्वास छ ।
दाहाल र कार्की पाख्रिबास नगरपालिकाभित्र करिब ५ सय रोपनीमा फर्मलाई विस्तार गरी कफी खेतीसँगै ह्याचरीदेखि अस्ट्रिच, टर्कीपालनका साथै विश्वकै महँगो प्रजातिको बिरुवा अगारोको खेती गर्ने योजना रहेको बताउँछन् ।

पाख्रिबास नगरपालिका यस्तो फर्मलाई छुट्टै नीति बनाएर सहयोग गर्ने योजनामा छ । फर्मसम्मको पहुँच मार्गलाई गत वर्ष केही रकम दिइएको नगरपालिका प्रमुख वृषबहादुर राईले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)